Susandesh Khabar

मोटरसाइकल चोरेर भारत भाग्दै गरेका दुई युवक पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल लिएर भारत भाग्दै गरेका दुई जना चोरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका २० वर्षीय शेख गुफरान र शेख असरफ छन्।

प्रहरीका अनुसार गत मंगलबार छपकैयाका अब्दूल कौशर आलमले ना६प ५४७५ नम्बरको मोटरसाइकल आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको अवस्थामा चोरी भएको थियो। चोरी भएको उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय वीर्ताले खोजी गर्ने क्रममा शुक्रबार शेखद्वयले चोरीको मोटरसाइकल लिएर वीरगन्ज(रक्सौल नाकाको मितेरी पुल हुँदै भारत जाँदै गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

चोरीको मोटरसाइकलसहित उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी गरिएका इरिक्साको चार्जर १ थान, त्यसमा लाग्ने क्वायल रोल २ थान, टावर लाइटको ब्याट्री राख्ने फलामको बाकस १ थान र ब्याट्रीको खोल १० थान पनि बरामद गरिएको बोगटीले जानकारी दिए।

चोरीको मोटरसाइकल र ती सामानसहित पक्राउ गरिएका दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखेर अथप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...