Susandesh Khabar

आर्थिक लेनदेनका कारण घिमिरेले गरे ७०वर्षिय वृद्धको हत्या

डम्बर चौलागाइ , दोलखा २५ जेठ । आर्थिक लेनदेनका कारण भीमेश्वर नगरपालिका–१ क्षमावतीमा एक बृद्धको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको दोलखा प्रहरीले जनाएको छ ।

भीमेश्वर नगरपालिका–१ का ७७ वर्षीय बृद्ध झिलकवहादुर बिश्वकर्मा बाट एक बर्ष अघि दुई लाख ऋण ऋण लिएकाे र मारेपछि तिर्नै नपर्ने भनी छिमेकी ५२ बर्षिय गणेश घिमिरेले हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले हत्या आरोपीलाई सार्वजनिक गर्दै बृद्धको हत्या गरी भागेर काठमाडौं पुगेका घिमिरे लाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाेलखाको हत्यारा पत्ता लगाउने ईतिहासमा हत्याएको सबै भन्दा छिटो समयमा बर्तमान नेतृत्वले हत्या आरोपीलाई पक्राउ गरि सार्वजनिक गरेकाे नागरिक समाज दाेलखाले जनाएको छ।

घिमिरेले एक बर्ष अघि बिकवाट ऋण स्वरुप २ लाख रुपैयाँ लिएको र उक्त ऋणवाट मुक्त हुने नियतले बृद्धको हत्या गरिएको प्रारम्भिक अनुषन्धानवाट खुलेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिनु भएकाेछ ।
क्षमावती घर भई काठमाडौंको हाँडिगाउँ बस्दै आएका घिमिरे दिवालीलागि गाउँ आएका बेला बृद्धको हत्या गरेका हुन् घिमिरेले भन्नुभयो “जेठ १७ गते बिकलाई हत्या गरी घरपरिवारमा कसैलाइ नभनी काठमाडौं फर्किएका र उनले जेठ १७ गते विहान आफ्नो घरवाट हथौडा लिएर गई पछाडिवाट टाउकोमा प्रहार गरी हत्या गरेका हुन।”शवलाई मकैबारीभित्र ढुँगाले थिचेर राखी फरार भएको प्रहरी नायव उपरीक्षक खड्काले दावि गर्नुभयो ।

श्रीमती बिरामी भएर उपचारकालागि काठमाडौं गएको र छोराछोरी समेत काठमाडौंमै भएकाे अबस्थामा एक्लै बस्दै आएका बिकलाई घिमिरेले फलामे हम्मरले हानी ढुङ्गाले थिचेर हत्या गरेकाे प्रहरी अनुसन्धान देखिएकाे प्रनाउ खड्काले बताउनुभयो ।

जेठ १९ गते स्थानीयले बिकको घरको ढोका ३ दिनदेखि नखुलेको र चौपाया समेत कराइरहेको प्रहरीलाई खवर गरेका थिए । त्यसको भोलिपल्ट बिकको शव घर नजिकैको मकैवारीमा ढुँगाले थिचिएको र सडेगलेको अवस्थामा फेला परेको थियो ।

प्रहरी हिरासतमा रहेका घिमिरेलाई कर्तव्य ज्यान सम्वन्धी मुद्धामा दोलखा जिल्ला अदालतवाट ५ दिन म्याद थप गरी अनुषन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...