Susandesh Khabar

न्युजिल्यान्डलाई हराउँदै वेस्ट इन्डिज सुपर ८ मा

जेठ ३१। काठमाडौं (एजेन्सी)। आइसीसी टि२० विश्वकप अन्तर्गत समूह सी को खेलमा आयोजक वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि रोमान्चक जित दर्ता गरेको छ । यस जितसँगै वेस्ट इन्डिज सुपर ८ मा प्रवेश गरेको छ ।

समूहको लगातार तेस्रो जित दर्ता गर्ने क्रममा वेस्ट इन्डिजले न्युजिल्यान्डलाई १३ रनले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले खराब सुरुवात गरेपनि शेर्फान रदरफर्डको आक्रामक इनिङमा १ सय ४९ रनको राम्रो योगफल खडा गरेको थियो ।

एक समय ३०-५ को स्थितिमा रहेको वेस्ट इन्डिजलाई रदरफार्डले ३९ बलमा नटआउट ६८ रनको इनिङ खेल्दै उकासे । उनले २ चौका र ६ छक्का प्रहार गरेका थिए । अन्तिम विकेटका लागि गुदाकेश मोटीसँग इनिङकै सर्वाधिक १३ बलमा ३७ रनको साझेदारी गरे । उक्त साझेदारीमा मोटीले मात्र १ बल खेलेका थिए ।

वेस्ट इन्डिजका ब्रान्डन किंग ९, जोन्सन चार्ल्स ०, निकोलस पुरन १७, रोस्टन चेज ० र रोभमान पावेल १ रनमा आउट भएका थिए । अकिल होसेनले १५, आन्द्रे रसलले १४ तथा रोमारियो सेफर्डले १३ रन बनाए । ट्रेन्ट बोल्टले ३ विकेट लिँदा टिम साउथी र लोकी फर्गुसनले २-२ विकेट लिए ।

जवाफमा न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३६ रन मात्र जोड्यो । मध्यक्रममा ग्लेन फिलिप्सले ४० रन जोड्नुबाहेक अन्य शीर्ष ब्याटरले राम्रो खेल्न सकेनन् । मिचेल सान्टनरले अन्तिम ओभरमा ३ छक्कासहित १२ बलमा नटआउट २१ रन बनाए ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४ विकेट लिए । गुदाकेश मोटीले ३ विकेट हात पार्दा अकिल होसेन र आन्द्रे रसलको नाममा १-१ विकेट रह्यो ।

वेस्ट इन्डिजको ३ खेलमा ६ अंक पुगेको छ । अफगानिस्तान २ खेलमा ४ अंक तथा युगान्डाको ३ खेलमा २ अंक छ । न्युजिल्यान्ड र पपुवा न्यु गिनी दुवैले २ खेलमा अंक जोड्न सकेका छैनन् । अफगानिस्तानले अब बाँकी २ खेलबाट एक अंक जोडेमात्र सुपर ८ मा स्थान बनाउनेछ ।

हालसम्म वेस्ट इन्डिजसँगै समूह ए बाट भारत, बी बाट अष्ट्रेलिया र डी बाट दक्षिण अफ्रिका सुपर ८ मा छनोट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...