Susandesh Khabar

बाँदर आंतक रोक्न जंगलमा फलफूलका बिरुवा रोप्दै धनकुटाका किसान

 

धनकुटा ।असार ४ ॥ बाँदरको आंतक रोक्न धनकुटाको महालक्ष्मी नगरपालिका–७ जितपुरका किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्। बर्सेनि बाँदरले बाली नष्ट गर्न थालेपछि किसानहरूले वनजंगलमा फलफूलजन्य बिरुवा रोप्न सुरु गरेका हुन्।

धनकुटा जितपुर मात्र होइन, जिल्लाका अधिकांश किसानहरू बाँदरको आंतकबाट पीडित बन्दै आएका छन्। बर्सेनि किसानले खेतबारीमा लगाएको अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि जितपुरका किसानहरूले शर्मादेवी सामुदायिक वनमा फलफूलजन्य बिरुवाहरू रोप्न सुरु गरेका हुन्।

वनजंगलमा फलफूलजन्य बोटविरुवा भएपछि बारीसम्म बाँदर नआइपुग्ने भएकाले विभिन्न प्रजातिका फलफूलजन्य करिब २ हजार बिरुवा रोपिएको सब-डिभिजन वन कार्यालय जितपुरकी फरेस्टर आयुष्मा गहतराजले जानकारी दिइन्।

शर्मादेवी सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरूको सहभागितामा वनमा अमला, बडहर, जामुन, कास्मिरी जामुन, अम्बक, चिउरीलगायतका बिरुवा रोपिएको छ। उक्त सामुदायिक वनमा अहिले उत्तिस, चिलाउने, मौवा, मलेदोलगायतका बोटबिरुवा मात्रै छन्। वनमा फलफूलका बिरुवा  मासिएपछि बाँदर खेतबारीमा पस्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...