Susandesh Khabar

कोपा अमेरिका फुटबल:अर्जेन्टिनाको विजयी सुरुवात

 

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो ।

अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे ।

पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । त्यसको फलस्वरूप ४९औं मिनेटमा अर्जेन्टिनाले अग्रता लियो । लियोनेल मेस्सीको पासमा एलेक्सिस मक यालिस्टरको बल नियन्त्रणलाई क्यानडियन गोलरक्षकलाई बिट गरेपछि अल्भारेजले गोल गर्दै अग्रता दिलाएका थिए ।

अग्रता लिएपछि अर्जेन्टिनाले थुप्रै मौकाहरुको फाइदा उठाउन सकेन । स्टार खेलाडी लियोनेल मेस्सी नै दुई वान-अन-वान अवसरमा चुके । तर अन्ततः ८८औं मिनेटमा अर्जेन्टिनाले दोस्रो गोल गर्यो ।

मेस्सीको सुन्दर थ्रु-पासमा लौतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाउँदै जित सुनिश्चित गरे ।

अर्जेन्टिना रहेको समूह ए मा क्यानडा सहित पेरू र चिली रहेका छन् । अर्जेन्टिनाको दोस्रो खेल बुधवार विहान चिली विरुद्ध हुनेछ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...