Susandesh Khabar

विपद् ब्यवस्थापनमा झापाका सबै संघसंस्था जुट्ने प्रतिवद्धता

 

बिर्तामोड असार ७॥   झापामा रहेका विभिन्न संघसंस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको बिपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताएका छन् । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ – आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।

सहारा नेपाल सहकारी संस्थाका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्र कुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाब दिए । उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकम मध्ये केही रकम मौजात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाब दिए ।

सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिन्छ उनले भने – जुन कोषबाट प्राप्त आम्दानीले आईपने विपद्मा राहत र उद्धारमा सहयोग पुग्छ ।

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्याक्ष जलकुमार गुरुङले विपद् बारे अध्ययन र योजना बनाउन नसक्दा बाढी जन्य विपद्का कारण बर्षेनि झापाबासीले सास्ती ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरणका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।

नेपाली कांग्रेस झापाले समेत गाउँ स्तरसम्म विपद व्यवस्थापनमा जुट्न संयन्त्र बनाएको र व्यवसायीले समेत यो खाले तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विपद् ब्यवस्थापनमा आफू सहयोग गर्न तत्पर रहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अथिति समेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बिपद् व्यवस्थापनका लागि पूर्ब तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले झापामा हुन सक्ने विपद् जोखिमको अध्ययनको काम भएरहेको र जनस्तरमा पुगेर राहत र उद्दारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियान समेत जारी राखेको बताए ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले आ आफ्नो धारणा राखेका थिए । जिल्लाका तीन दर्जन बढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...