Susandesh Khabar

झापामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु

बिर्तामोड ।। असार ११।  झापामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु भएको छ ।

मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी र झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का  खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर  घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका आलमको चट्याङले लागेर घटनास्थलमै मृत्युु भएको आफन्तले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...