Susandesh Khabar

लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु

झापा असार १२ ॥ लमजुङमा पहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ।  पहिरोमा परी बेपत्ता चारै जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या पाँच पुगेको हो।

घरमाथिबाट खसेको पहिरोमा परेर ६७ वर्षका रुद्रमान गुरुङ, ३६ वर्षकी पञ्चकुमारी गुरुङ, ८ वर्षकी इच्छा गुरुङ र ५ वर्षकी निश्मा गुरुङको मृत्यु भएको छ।

पहिरोले तीन घरलाई पूर्णरूपमा क्षति पुर्‍याएकाे जिल्ला प्रहरी कार्यालय, लमजुङले जानकारी दिएकाे छ। मृत्यु हुने उनीहरू एकै परिवारका हुन्। तर, छुट्टाछुट्टै घरमा बस्दै आएका थिए।

यस्तै, लमजुङकै दोर्दी गाउँपालिका- ९ सुनारगाउँमा पनि घरमाथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

मंगलबार रातिदेखि परेको अविरल वर्षाले पहिरो खस्दा १६ वर्षीय विकल सुनारको मृत्यु भएको हो। उनका दाइ १८ वर्षीय विमल सुनार घाइते भएका छन्। घाइते विमलको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...