Susandesh Khabar

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो विश्वकपको उपाधि

आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० उपाधि जितेको हो । यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।

भारत जारी प्रतियोगितामा अपराजित रह्यो। भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रनमात्रै बनाउन सक्यो। दक्षिण अफ्रिकाका हाइनरिक क्लासनले सर्वाधिक ५२ रन बनाए। २७ बल खेलका उनले दुई चौका र पाँच छक्का प्रहार गरे। क्विन्टन डी कक ३९, ट्रिस्टन स्टब्स ३१ र डेभिड मिलर २१ रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुहराहले समान दुई विकेट लिँदा अक्षर पटेलको नाममा एक विकेट रह्यो।

त्यसअघि बार्बडसस्थित किंगस्टन ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

भारतका विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका उनले ६ चौका र दुई छक्का प्रहार गरे। अक्षर पटेल ४७ र शिवम् दुबे २७ रनमा आउट हुँदा हार्दिक पाण्ड्या पाँच रनमा अविजित रहे। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...