Susandesh Khabar

जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

 

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो ।

११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।

त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको आठौ मिनेटमा नै चोटका कारण पेड्री बाहिरिनु परेपछि मैदान प्रवेश गरेका ओल्मोले लामिन यमालको पासमा बक्स भित्रबाट सुन्दर फिनिश गरेका थिए ।

जर्मनीले बराबरी गोल गर्न अन्तिम समय कुर्नु पर्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका फ्लोरियन विर्ट्जले बराबरी गोल गर्दै खेल अतिरिक्त समुहमा धकेलेका थिए । जोसुवा किमीचको हेडर पश्चात बक्समा खसेको बलमा उनले गोल गर्न सफल भएका थिए ।

स्पेनले अब फाइनल प्रवेशका लागि फ्रान्स र पोर्चुगल बीचको बिजेता सग खेल्नेछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...