Susandesh Khabar

चलचित्र ‘बर एण्ड बधु’ भाद्र १४ गतेदेखि प्रदर्शन हुने

 

नेपाली कथानाक चलचित्र ‘बर एण्ड बधु’ यही भदौ १४ गतेदेखि देशैभरिबाट एकसाथ प्रदर्शनमा आउने भएको छ

आज विहिबार स्लाइस एण्ड स्पाइस क्याफे बिर्तामोडमा चलचित्रका कलकारहरु आचल शर्मा, किरण केसी र नवनायक विबेक कर्मचार्य सहित निर्देशक मिलन चाम्स र चलचित्रका निर्माता जानुका थापाले पत्रकारहरुसंग अन्तरक्रिया गरी चलचित्रका बारेमा जानकारी दिएका हुन्

चलचित्र वर एण्ड वधुलाई नेपाल लगायत रोमानिया, इटाली र फ्रान्सको बिभिन्न रमणिय स्थलहरुमा छायाँकन गरिएको निर्देशक चाम्सले बताउनुभयो । आफुले निर्देशन गरेका चलचित्रहरु मध्ये लिलिबिलिपछि रिच क्यानभासमा तयार पारिएकोे आफ्नो दोस्रो चलचित्र वर एण्ड वधु रहेको चाम्सले पत्रकारहरुलाई जानकारी गराएका छन्

नवनायक विबेक कर्मचार्यले आफु चलचित्र क्षेत्रमा नयाँ भए पनि वर एण्ड वधु मार्फत दर्शकहरुले आफ्नो अभिनयलाई रुचाइ दिनु हुन्छ भन्नेमा पुर्ण विश्वास्त रहेको बताए । नायीका आचल शर्मा र हास्य कलकार किरण केसिले यो चलचित्रको कथा वस्तुसहित प्राविधिक पक्ष उत्कृष्ट रहेको बताउदै ।  दर्शकहरुलाई एक पटक यो चलचित्र हेर्न अनुरोध पनि गरेका छन ।

निर्देशक मिलन चाम्सले यस अगिका चलचित्रहरु मार्फत नेपाली फिल्म क्षेत्रमा आफ्नो छुट्टै पहिचान र निर्देशन शैली स्थापित गरिसकेको छ । चलचित्रका निर्माता जानुका थापाले चाम्सको निर्देशन भन्ने बितिकै फिल्मप्रति दर्शकहरुको सकरात्मक प्रतिक्षा रहने भएकाले पनि मिलन चाम्ससँग सहकार्य गरेकोे बताइन।

स्लाइस एण्ड स्पाइस क्याफेका सञ्चालक रजत साहेवालाले कलकारहरुलाई खदा लगाइदिएर स्वगत गरेको कार्यक्रमको सञ्चालन सुनिता तामाङले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...