Susandesh Khabar

साफ U२० च्याम्पियनसिप सेमिफाइनल समीकरण पूरा, भारतले बङ्गलादेश तथा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्ने

 

काठमाडौँ – साफ यु–२० च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ। शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘बी’को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० ले हराउँदै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गर्‍यो।

प्रतियोगितामा समूह ‘बी’ बाट भारत दुई खेलमा दुवै जितसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहँदा नेपाल समूह ‘ए’ बाट समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो। समूह ‘बी’बाट माल्दिभ्स बाहिरिँदा भुटानले उपविजेताका रुपमा नेपालसँगको भेट पक्का गर्‍यो। समूह ‘ए’ बाट श्रीलंका बाहिरिँदा बंगलादेश उपविजेता बनेको थियो।

अब फाइनल प्रवेशका लागि भारतले बंगलादेशको सामना गर्दा नेपाल र भुटान भिड्ने छन्। शुक्रबार भारतविरुद्ध राम्रो प्रदर्शन गरेको माल्दिभ्स इन्जुरी समयमा गोल खान पुगेको थियो। भारतका लागि माङ्लेङथान किपगेनले निर्णायक गोल गरे।

त्यसअघि खेलको १८औँ मिनेटमा भारतले अग्रता लिने राम्रो मौका चुकाएको थियो। कौउर सिंहले दिएको पासलाई डिबक्सभित्रबाट मोनिरूलले बाहिर फाल्दा सम्भावित अग्रता टर्‍यो। पहिलो हाफमा दबाब बनाए पनि भारत गोल गर्न असफल भयो। दोस्रो हाफमा पनि दबाब बनाएको भारतले खेलको अतिरिक्त समयमा मात्र गोल गर्न सफल भयो। माल्दिभ्स पनि सीमित मौकामा गोल गर्न चुकेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...