Susandesh Khabar

बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलित

 

बिर्तामोड भाद्र १० ।। झापाको अर्जुनधारा नगरपालिका ११ स्थित बिर्तामोड बसपार्क क्षेत्रमा बसोबास गर्ने नागरिकहरू पुन आन्दोलितभएका छन् ।

बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा क्षेत्रमा रहेको ११ सय ५३ वटा कित्ताका जग्गा धनी र ४ सय भन्दा धेरै घर धनीहरू आन्दोलित भएका हुन् ।
सर्वोच्च अदालतले गिरीबन्धु टि स्टेटको ५१ विघा सहित जग्गा रोक्का गर्न आदेश गरेको तर सर्वोच्चले देखाएको ५१ बिघा जग्गा हाल बसपार्क क्षेत्रको नभएको स्थानहरूको तर्क रहेको छ ।

हाल बस पार्क भएको जग्गा गिरीबन्धु टि स्टेटको नामको नभएर नाज टि स्टेटको रहेको, नाज टि स्टेटले विगत २० वर्ष अघि कानुनी प्रक्रिया अनुसार चियाबगान ठाउँसारी गरेर उक्त जग्गा बिर्तामोड आवास कम्पनी मार्फत सर्वसाधारणहरूले भिट्टा खरिद गरेको अवस्थालाई बुझदै नबुझी मालमोत कार्यालय झापाले जग्गा रोक्का गरेकोमा आन्दोलित बन्नु परेको पीडित धनराज गुरुङले बताए । उनले भने ‘राज्यबाट पीडित बनाइएको छ । घर जग्गा अचल बनाइदिए पछि व्यवहारिक काम गर्न अत्यन्तै कठिन भएको छ ।’

विगत तीन महिना अघि स्थानीय पीडितहरूले समस्या समाधान गर्नको लागि सुजन शिवाकोटीको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले वडाध्यक्ष नगर प्रमुखलाई समस्या बारे जानकारी गराएपछि वडा र नगरले रोक्का गरेको कामकारवाही खुला गरेको छ तर मालपोत झापाले भने हाम्रो आग्रह अनुरोधलाई वेवस्था गरेका कारण चरणवद्ध आन्दोलनको तयारी गर्नु परेको संयोजक शिवाकोटीले आमसंचारलाई बताए । संयोजक शिवाकोटीले भने ‘निर्वाचन क्षेत्र रहेको झापा क्षेत्र नम्बर २ का सांसद प्रतिनिधि सभा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना मगरलाई पनि समस्या बारे अवगत गराएको जवाफमा अब केही दिनमा समस्याको हल हुने आश्वासन पाइयो तर काम भएन नीतिगत रुपमा काही पनि कुरा नचलेको जानकारी प्राप्त भएको छ ।

यस्तो कुरा सुन्दा र बुझदा हामी दुखी छौं । नागरिकमा परेको समस्या प्रति अलिकति पनि नेता, कर्मचारीहरू चिन्तित बनेको नपाएपछि हामीले आन्दोलनको बाटो रोज्न बाध्य बन्नु परेको हो । पहिलो चरणको आन्दोलन स्थानीय, जिल्ला प्रशासन र केन्द्र सरकारका प्रमुख समक्ष ज्ञापन पत्र दिने काम गरेको र अब दोस्रो चरणको कार्यक्रम अन्तरगत मालपोत र जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना दिने त्यस पछि पनि समस्या समाधान नभए दुई वटै कार्यालय तालाबन्दी गर्ने सम्मको कार्यक्रम तयार गरिने छ ।’

आज सोमबार बसपार्क क्षेत्रमा आयोजित आम भेलामा स्थानीयवासीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा समन्वय समिति संयोजक सुजन शिवाकोटी, सामाजिक व्यक्तित्व धनराज योङहाङ, गङ्गा मैनाली, सुरेन्द्र सिउदेन, माधवप्रसाद चम्लागाई लयागतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद भण्डारीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...