Susandesh Khabar

पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते

 

फिदिम भाद्र १३ ।। पाँचथरको  फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते भएका छन् । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएको  फालेलुङ ५ वडाध्यक्ष भरतबहादु खपाङगीले  जानकारी दिए ।

विस्फोटक पदार्थ पड्किंदा ३ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् ।  फालेलुङका ११ वर्षीय दिपशन साँवा , २ वर्षीय प्रियसा सावा , ११ वर्षीय पबन राई गम्भिर घाइते भएका छन् । ७ वर्षिय दिपशन राई सामान्य घाइते रहेको खपाङगीले जानकारी   दिए । सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ ।

गम्भीर घाइते बालकहरुको उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी टा्ेली गइरहेको उनले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगे पछि मात्र घटनाको बारे थप बिबरण आउने उनले बताए ।

विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...