Susandesh Khabar

दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

 

बिर्तामोड भाद्र १४।। यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान झापाले शुक्रबार बिर्तामोडमा एक कार्यक्रमबीच पुनियानीलाई पुरस्कार प्रदान गरेको हाे ।

बिर्तामोड नयाँ बसपार्क स्थित राके हाेटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार कृष्ण बराल र प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले नगद तीस हजार रूपैयाँसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मन् सहित पुरस्कृत गरेका थिए ।

परकार्यक्रममा कवि सुन्दर कुरूपले  दिव्यबिक्रम नेम्वाङको लोकतान्त्रिक , राजनीतिक र साहित्यिक योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता विष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको क्षेत्रमा पनि उल्लेख्य योगदान गरेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार कृष्ण बरालले दिव्यविक्रम नेम्वाङको सम्झना गर्दै उनको नाममा स्थापित पुरस्कारले नेपाली साहित्यको श्रीवृद्धिमा टेवा पुर्‍याउने बताए ।

कार्यक्रममा कविहरु चन्द्र गुरुङ, प्रदीप मेन्याङ्बो, लिला अनमोल, सुनिता तामाङ अभागी थेगुवा, अमित थेबे, राजकुमार सुब्बा, सेलिङ केसी, चित्रा पाैड्याल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, याक्थुङ लेखक सङ्घका केन्द्रीय अध्यक्ष एवम् इलाम नगर साहित्य कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङ, नेपाल लेखक सङ्घ झापाका कुमार भट्टराई लगायतले धारणा राखेका थिए । साे अवसरमा कविहरू विराट किराती, मलिसा याक्थुङ्वा, अभागी थेगुवा, लीला अनमाेल समेतकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे सञ्चालन गजलकार विवश बलिभद्र काेइरालाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...