Susandesh Khabar

बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

 

बिर्तामोड , भदौ १५ । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

आज साँझ ५:१० बजे बिर्तामोड-५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेका छ्न।

घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो ।

बस र बस चालक कन्काई नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय हिमाल बि.क. र मोटरसाइकल चालक सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...