Susandesh Khabar

आजको दिनको सुरुवात गरौं आजको राशिफल बाट

 

मेष : लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको श्रमबाट नाम, दाम र सम्मान बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको संगठन राम्रो छ। सोचेका काम बन्नेछन्। परिवारसँगको सम्बन्ध सकारात्मक बन्नेछ।

वृष : स्वदेशमा लगानीका सम्भावना पत्ता लगाएर रमाउने दिन छ। तपाईंको कामको धेरैले प्रशंसा गर्नेछन्। परिवारको सल्लाह र सुझाव तपाईंको लागि महत्त्वपूर्ण हुनेछ। राजनीतिक क्षेत्रमा चर्चा गरेर दिन सहजै बित्नेछ।

मिथुन : बन्धुसँग भेट हुनेछ। हात हतियार सम्बन्धी तालिममा तपाईंले अगुवाइ गर्नुपर्नेछ। राज्यलाई हातहतियारको सुरक्षाको विषयमा प्रशिक्षण दिने अवसर मिल्नेछ। परिवारले शंका गरे पनि साथीभाइसँगको संगतले दिन रमाइलो बन्नेछ।

कर्कट : आज धनलक्ष्मी योग परेको छ। लगानी र श्रम गरेको क्षेत्रबाट फाइदा हुनेछ। लगानीका क्षेत्रमा अवसर प्राप्त भए हिम्मत गर्नुपर्नेछ। विदेशको रमझमले मन तान्नेछ। खानपानमा ख्याल नगर्दा रोग थपिने छ। संकटमा परिवारको साथ र सहयोग मिल्ने दिन छ।

सिंह : निजी समस्याको समाधान हुनेछ। भोलिका लागि कार्ययोजना बन्नेछन्। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।

कन्या : राज्यको तर्फबाट भय हुनसक्ने देखिन्छ। बोल्नु अगाडि सोच्नुपर्ने देखिन्छ। बोलीलाई नियन्त्रण गर्न सके ठुलो संकट टर्नेछ। शिक्षाको लगानीबाट सन्तोष प्राप्त हुनेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

तुला : आम्दानीका स्रोत सबल छन्। समाजमा बौद्धिक टकराब हुनसक्छ। थोरै तर अर्थपूर्ण बोल्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको क्षेत्रमा तपाईंको चर्चा हुनेछ। हल्ला गर्ने साथीसँग सचेत बन्नु राम्रो होला। परिवारको भने सहयोग निरन्तर मिल्नेछ।

वृश्चिक : ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। सामाजमा मान र सम्मान मिल्नेछ। आफूभन्दा ठुलाको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ। समाजका अगुवाको सल्लाह लिएर हिँड्दा फाइदा होला। परिवारसँगको भेटघाट रमाइलो बन्ने योग छ।

धनु : साना कुरामा अलमल नगर्नु राम्रो हुनेछ। आज तपाईंको ठुलो काम बन्ने योग छ। राज्यको सेवामा भए तपाईंको बढुवा हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा होला। परिवारको साथमा दिन सहजै बित्नेछ।

मकर : तपाईंको कार्यशैलीमाथि नकारात्मक टिप्पणी हुनेछ। विपक्षी समूह संगठित भएकाले व्यवहार गर्दा सचेत बन्नु राम्रो हुनेछ। सञ्चित धन खर्च हुनेछ। लगानीका क्षेत्रमध्ये प्राविधिक शिक्षामा सफलता मिल्नेछ। परिवारमा एक अर्काको कुरा नबुझ्दा खटपटी बढ्नेछ।

कुम्भ : बौद्धिक साथी तपाईंको विपक्षमा हुनेछन्। सानोसाने लगानीबाट फाइदा हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। राज्यको तर्फबाट मान र सम्मान मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : महत्त्तवपूर्ण कामको सुरुवात हुनेछ। प्राविधिक क्षेत्रमा बढी नै झुकाव रहँदा धार्मिक विषय छायामा पर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्दा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...