Susandesh Khabar

दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

 

दमक झापा ।। झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।

हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आज सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो ।

मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो । घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...