Susandesh Khabar

दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

 

दमक झापा ।। झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् ।

हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आज सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो ।

मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट सय मिटरको दूरीमा गाईलाई मारिएको थियो । घटनामा संलग्नलाई कार्वाहीको माग गर्दै हिन्दुवादी संगठनहरुले आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...