Susandesh Khabar

ज्ञानुराम स्मृति प्रतिष्ठानको रक्तदान कार्यक्रम सम्पन्न १०१ प्रिन्ट रगत सङ्कलन

बिर्तामोड भाद्र २५।। झापाको बिर्तामोडमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ज्ञानुराम प्रसाई स्मृति प्रतिष्ठानले मंगलबार झापाको बिर्तामोडमा गरेको रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको हो । झापामा रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बिर्तामोडका सामाजिक व्यक्तित्व ज्ञानुराम प्रसाईको योगदानलाई चिरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको थियो । प्रतिष्ठानमार्फत यसअघि अदुवा खोला करिडोरमा वृक्षारोपण गरिएको थियो ।

दोस्रो सामाजिक कार्यक्रम अन्तर्गत प्रतिष्ठानले रक्तदान गरेको अध्यक्ष बद्रीप्रसाद भट्टराईले बताए । ‘प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको छ’, अध्यक्ष भट्टराईले भने, ‘ हामी सबै रक्तदाताप्रति आभार व्यक्त गर्दछौँ ।’

बिर्तामोड नगरपालिकाकी प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन्

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...