Susandesh Khabar

न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी मनायो  ६०औँ राष्ट्रिय बाल दिवस

 

बिर्तामोड भाद्र २९ ।।  झापाको बिर्तामोड मा रहेको  न्युट्न्स एजुकेशन एकेडेमीले विविध कार्यक्रम गरी  ६०औँ राष्ट्रिय बाल दिवस भब्य रुपमा मनाएको छ ।

‘बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी’ भन्ने नाराका साथ विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रि-प्राइमरीका विद्यार्थीहरुले विविध प्रस्तुती राखेका थिए ।

बालबालिकाको क्षमता प्रस्फुटन गर्न तथा उनीहरुलाई चेतना अभिबृद्धि गर्दै हौसला प्रदान गर्न प्रत्येक बर्ष विद्यालयले बाल दिवस मनाउदै आएको प्रिन्सिपल देबेन्द्र हुमागाईंले जानकारी दिए

सामाजिक अभियान्ता देवीका बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको स्वागत विद्यालयको प्रि-प्राइमरी इन्चार्ज सावित्रा चापागाईंले गरेकी थिइन ।

उक्त अवसरमा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले गायन, नृत्य सहितका बिभिन्न संस्कृति झल्कने प्रस्तुती राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी र नेपाल उद्यमशील महिला संघ झापा अध्यक्ष पार्वता खरेल बिमलीले शुभकामना मन्तव्य राखेका थिए ।

प्रिन्सिपल देबेन्द्र हुमागाईंले औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन शिक्षिका पवित्रा पौडेलले गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...