Susandesh Khabar

सर्लाहीमा एक युवकले गरे गोली हानेर श्रीमतीको हत्या

 

सर्लाही ।। सर्लाहीमा एक युवकले गोली हानेर श्रीमतीको हत्या गरेका छन्। गोली लागेर युवकका बुबा पनि घाइते भएका छन्।

हरिपूर्वा नगरपालिका-५ का २७ वर्षीय धीरेन्द्र यादवले गएराति २ बजेतिर २३ वर्षीया पत्नी चित्रलेखा यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको कार्यालयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। बुबा ५४ वर्षीय रामदिनेशको कुहिनोमा गोली लागेको छ। बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा उनलाई पनि गोली लागेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रादेशिक अस्पताल मलंगवामा उनको उपचार भइरहेको छ।

प्रहरीका अनुसार धीरेन्द्र केही समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। गोली प्रहार गरी भागेका उनको खोजी र पत्नीको हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

१०० दिने ३० औ ब्याचको बाइबल सेमिनार सुरु।

सन्दिप, बागमति प्रदेशको राजधनी हेटौंडा स्थित ड्राइभर डाडामा १०० दिने ३० औ ब्याचको बाइबल सेमिनार तालिम शनिबार एक कार्यक्रमका सा...

त्रिशुली नदिमा बस खस्दा १७ जनाको मृत्यु

पोखराबाट काठमाडौं आउदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस गए राती धादिङको बेनीघाट रोराङको चरौदि नजिकै दुर्घटना हुदा १७ जनाको घटनास्...
धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ–२ मा रामबहादुर भण्डारीको जनता भेटघाट अभियान, गोला भञ्ज्याङबाट औपचारिक शुभारम्

धादिङ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा धादिङ क्षेत्र नं–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट टिकट प्राप्त गरेका उम्मेदवार राम...
बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...