Susandesh Khabar

वर्षा रोकिए पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो…

काठमाण्डौ। असोज १४।।केहि दिन परेको वर्षा पछी देशका कतिपय ठाउँमा घाम लागेको छ। वर्षा रोकिएपछि थप पहिरो नजाने सम्भावना बढ्ने भएकाले राहत तथा उद्धारको काममा सहज हुने भएकाले कार्य चाडो हुने विश्वास गरिएको थियो तर सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । उक्त स्थानमा अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई सय जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको र आज पनि महिला, बालबालिका र अशक्तलाई प्राथमिकता दिएर उद्धार गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । राजमार्गमा अलपत्र अरू यात्रुलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाउने तयारी भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

यसैबीच बाढीपहिरो र डुबानबाट ठूलो धनजनको क्षति भएको दुई दिन बितिसक्दा पनि सरकारले एकीकृत राहत प्याकेजको घोषणा गर्न सकेको छैन । सरकारको आह्वानमा हिजो बसेको सर्वदलीय बैठकले बाढीपहिरोबाट घर गुमाएका पीडितका लागि आवास व्यवस्था गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार मृतकलाई दुई लाख रुपैयाँ दिने र आवासका लागि २५ हजारदेखि ५० हजार रुपैयाँ दिने व्यवस्था कानुनमा नै रहेकाले त्यसैअनुसार राहत वितरण हुनेछ । उद्धार र राहतको काम प्रभावकारी बन्न नसकेको जनगुनासो भइरहँदा सरकारले भने उद्धारमा ढिलासुस्ती नभएको दाबी गरेको छ । बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धलाई प्राथमिकता दिएर उद्धारको काम भइरहेको सरकारको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...