Susandesh Khabar

ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

  एजेन्सी – ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै  बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन…
Read More
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला

  अबिरल वर्षासगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। बिहान ९  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८  हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ। सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्यूसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख…
Read More
पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…
Read More
टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स युरोकपको सेमिफाइनलमा

  एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम…
Read More
जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरोकप को सेमिफाइनलमा प्रवेश

  एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् । त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको…
Read More
इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम नगरपालिद्वारा किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण

इलाम असार २१  ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…
Read More
सामूहिक  कुटपिट बाट घाइते भएका   युवकको उपचारको क्रममा मृत्यु

सामूहिक कुटपिट बाट घाइते भएका   युवकको उपचारको क्रममा मृत्यु

पाँचथर असार २१॥ पाँचथरको फिदिम नगरपालिका १४ मा सामूहिक रूपमा कुटपिट गर्दा घाइते भएका एक  युवकको ज्यान गएको छ । स्थानीय धनकुमार राईको घरमा बिहीबार आयोजित चिन्ता बस्ने (धामी झाँकी) नचाउने कार्यक्रम हेर्न आएका युवाहरू बिच कुटाकुट हुँदा घाइते  भएका फिदिम १४ निवासी  ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो । बिहीबार साँझ साढे नौ बजे धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका बखत दिनेश सहित २८ वर्षका पर्शुराम राई २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर वि.क.लाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेका थिए । कुटपिटका कारण सख्त घाइते भएका राईलाई उपचारका लागि तत्काल…
Read More
रोल्पाको तालाबाङमा जिप दुर्घटना  पाँचजनाको  मृत्यु  ६ जना  गम्भीर घाइते

रोल्पाको तालाबाङमा जिप दुर्घटना पाँचजनाको मृत्यु ६ जना  गम्भीर घाइते

  रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु  गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।दुर्घटनाको कारण  भने खुल्न नसकेको प्रहरीले बताएको…
Read More
विवाह गरेको १३ दिनमै झापाका भीष्मले गरे आत्महत्या

विवाह गरेको १३ दिनमै झापाका भीष्मले गरे आत्महत्या

  बिर्तामोड असार १७॥ पाँच वर्षसम्म प्रेम गरेर विवाह गरेको १३ दिनमै झापा बाह्रदशीका एक व्यक्तिले झुन्डिएर आत्महत्या गरेका छन् । बाह्रदशी ३ कुटुबस्ती बस्ने भीष्म गणेशले आज बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । बाह्रदशी २ माइत भएकी श्रीमती विनीता गणेश माइत गएकी थिइन् । भीष्मले राति नै आत्महत्या गरेका हुन् । उनी झुन्डिएको आज बिहान अरूले देखेर प्रहरीलाई  खबर गरेका थिए । यसरी प्रेम विवाह गरेर १३ दिनमै भीष्मले आत्महत्या गर्दा आफूहरू अचम्मित भएको स्थानीयले बताएका छन। वैदेशिक रोजगारीबाट फर्केका भीष्मले असार ३ गते विनीतासँग विवाह गरेका थिए । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन ।  
Read More
भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा टी–२० विश्वकप जित्ने  टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा

भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा टी–२० विश्वकप जित्ने टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा

  भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टी–२० विश्वकप जित्ने भारतीय क्रिकेट टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेको छ । बीसीसीआई सचिव जय शाहले सोसल मिडिया एक्समा पोस्ट गर्दै विश्वकप विजेता भारतीय टोलीलाई एक सय २५ करोड पुरस्कार दिने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आइसीसी पुरुष टि २० विश्व कप २०२४ जित्ने टीम इन्डियाको लागि १२५ करोडको पुरस्कार घोषणा गर्न पाउँदा म खुसी छु । टोलीले टूर्नामेंटभरि असाधारण प्रतिभा, दृढता र खेलकुद प्रदर्शन गरेको छ । यस उत्कृष्ट उपलब्धिको लागि सबै खेलाडी, प्रशिक्षक र सहयोगी स्टाफलाई बधाई !’
Read More