Susandesh Khabar

इटहरीमा एक शिशुको वीभत्स हत्या,हत्या आरोपमा एक जना पक्राउ

इटहरीमा एक शिशुको वीभत्स हत्या,हत्या आरोपमा एक जना पक्राउ

इटहरीमा एक शिशुको वीभत्स हत्या,हत्या आरोपमा एक जना पक्राउ

  इटहरी साउन २७ ।। सुनसरीको इटहरीमा एक शिशुको वीभत्स हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका-५ पचरुखीमा बस्दै आएका सालिग्राम लुइँटेलले नातामा आफ्नै भतिजी पर्ने नाबालिका आइन्सु लुइँटेलको वीभत्स किसिमले हत्या गरेको प्रहरीले जनाएको छ । ती बालिकाको हिजो दिउँसो हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको ब्लेडसहित ३० वर्षीय सालिग्रामलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न लुइँटेलले केही वर्ष अघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले जानकारी दिए । तीन वर्षअघि घरको छतबाट हाम फालेर लुइँटेलको ढाड पनि भाँचिएको अनुसन्धानबाट…
Read More
अर्जुनधारामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ

अर्जुनधारामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ

  झापा साउन २७ ।। झापाको अर्जुनधारा नगरपालिका–७ मिलडाँडामा पसल फुटाएर चोरी गर्ने तीनजना पक्राउ परेका छन् । उनीहरुको साथबाट चोरी भएको सामानसहित भरुवा बन्दुक भेटिएको प्रहरीले जनाएको छ । मिलडाँडाका इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा ताला फुटाएर चोरी गरेका उनीहरुबाट चोरीका सामानसहित भरुवा बन्दुक र खुकुरी बरामद भएको हो । प्रहरी चौकी शनिश्चरेका होमप्रसाद खनालको टोलीले अर्जुनधारा–४ का आदित्य लिम्बू, छिरिङ तामाङ र निखिल तामाङलाई पक्राउ गरेको हो । प्रहरीले छिरिङ तामाङको घरबाट भरुवा बन्दुक बरामद गरेको जनाएको छ । उनीहरुको साथबाट चाँदीको सिक्री–२ थान, नेपाल टेलिकमको ५० रुपैयाँ दरको रिचार्ज कार्ड १९ थान, चाँदीको औठी २ थान,…
Read More
अर्जुनधाराका दुई खेलाडीलाई थाइल्यान्डमा पदक

अर्जुनधाराका दुई खेलाडीलाई थाइल्यान्डमा पदक

  झापा साउन २७ ।। झापाको अर्जुनधाराका दुई खेलाडीले थाइल्यान्डमा जारी सातौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् । शनिबारदेखि थाइल्यान्डमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शैलेश तामाङले स्वर्ण र सम्यत थापाले रजत पदक प्राप्त गरेका हुन शनिश्चरे तेक्वान्दो डोजाङका उत्पादन तामाङले ५१–५५ केजी र थापाले ५६ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गरेका थिए । तामाङ अर्जुनधारा-९ र थापा वडा नम्बर ६ का हुन् । तामाङले पहिलो चरण र सेमिफाइनलमा थाइल्यान्डका खेलाडीलाई हराए भने फाइनलमा फिलिपिनो खेलाडीलाई रोकेर स्वर्ण हात पारेका हुन् । त्यस्तै, थापाले पहिलो चरणमा थाइल्यान्डका खेलाडी र सेमिफाइनलमा माल्दिभ्सका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका…
Read More
गायक प्रकाश तिमल्सिनाको निधन

गायक प्रकाश तिमल्सिनाको निधन

  काठमाडौं : गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। ​ तिमल्सिनाको शनिबार साँझ निधन भएको संगीतकार वसन्त सापकोटाले जानकारी दिए। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल पुर्‍याएको र अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। गायन प्रतियोगिता नेपाली ताराबाट उदाएका प्रकाश भैंसेपाटीमा बस्दै आएका थिए। उनका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’ लगायत दर्जनौं गीत लोकप्रिय छन्। २०४५ सालमा कोशीमा आएको बाढीले घर परिवार सबै गुमाएका उनले आँखाको ज्योति पनि गुमाएका थिए। ३ वर्षको उमेरमा बाढीले बगाउँदा धेरै तल माझीले जालमा पारेर उनलाई निकालेको र पछि हजुरआमाले पालेको प्रकाशले अन्तर्वार्ताहरुमा बताएका थिए।  
Read More
झापाको चारपानेमा सुविधा सम्पन्न ब्युटी सैलुन एण्ड  एकेडेमी संचालनमा

झापाको चारपानेमा सुविधा सम्पन्न ब्युटी सैलुन एण्ड एकेडेमी संचालनमा

  बिर्तामोड साउन २६ ।। झापाको चारपानेमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न ब्युटी सैनुन एण्ड एकेडेमी संचालनमा आएको छ। झापाको बिर्तामोड दुई चारपाने बेलडाँगी रोडमा आजबाट औपचारिक उद्घाटन गरिएको ज्योति ब्युटी सैलुन एण्ड एकेडेमीमा ब्युटिसियन सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्नुका साथै ब्युटिसियन सम्बन्धी सबै काम हुने सञ्चालिका ज्योति पराजुलीले बताउनुभयो । ज्योति ब्युटी सैलुन एड एकेडेमीमा ब्युटिसियन सम्बन्धी बेसिक,स्पेसल डिप्लोमा, मास्टर्स र विदेश जान चाहनेका लागि स्पेसल कक्षा समेत सञ्चालन हुने उहाँले बताउनुभयो । लामो समय हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थामा विभागीय प्रमुखसमेत भएर काम गरिसक्नुभएकी पराजुलीले भारत,काठमाडौँ र बिर्तामोडमा ब्युटिसियन सम्बन्धित तालिम लिएर ब्युटी शैलुन तथा एकेडेमी सञ्चालनमा…
Read More

साँढे गोरुले टेक्दा घाइते भएकी महिलाको मृत्यु

  रूपन्देहीमा जुधिरहेका गोरुको  टेकेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । साउन २० को साँझ साढे ७ बजेतिर पैदल यात्रा गरिरहेकी गुल्मीको रेसुंगा नगरपालिका घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेलाई एकापसमा जुधिरहेका गोरुले कुल्चिएर घाइते बनाएका थिए । घाइते उनको उपचारका क्रममा २४ साउनमा अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । उनका अनुसार चिया पसलको व्यवसाय गरिरहेकी उनी पैदल हिंड्दै गर्दा गोरु जुधेकै स्थानमा पुगेकी थिइन् । उनलाई ती गोरुले एक्कासी कुल्चेर पल्टाइदिएका थिए । सीताका छोरा विदेशबाट आएपछि उनको पोस्टमार्टमपश्चात परिवारलाई शव बुझाइएको पण्डितले बताए…
Read More
ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु

ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु

  एजेन्सी।। ब्राजिलको साओ पाउलो राज्यमा  एक विमान दुर्घटना भएकाे छ। विमानमा सवार सबै ६२  यात्रुको मृत्यु भएको पुष्टि गरिएको छ। भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएकाे हाे। सामाजिक सञ्जालमा भाइरल बनिरहेकाे उक्त विमान दुर्घटनाकाे भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ। दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ। प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो। स्थानीय अधिकारीहरूले दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान जोगाउन नसकिएको…
Read More
झापा हल्दिबरीकी  एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

झापा हल्दिबरीकी एक महिलाको डेंगी संक्रमणबाट मृत्यु

  बिर्तामोड साउन २५।। झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा आज दिउँसो मृत्यु भएको हो । विगत १३ वर्षदेखि सो विद्यालयमा शिक्षण पेशामा रहेकी दाहालका पति, एक छोरा र एक छोरी रहेका छन् । सामान्य ज्वरो आएर उपचारको लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल हुँदै थप उपचारको लागि बिएन्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा आज मृत्यु भएको हो ।
Read More
सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

  झापा- भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।
Read More
आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

   बिर्तामोड साउन २५ ।।   आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ…
Read More