धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने भएको छ। संघको जिल्ला समिति गठन कार्यक्रम यही श्रावण १६ गते (बुधवार) बिहान १० बजे गजुरी गाउँपालिका–१, रुम्बा होटलको सभाहलमा हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङ रहनुहुनेछ। कार्यक्रमबारे जानकारी गराउँदै आयोजक समितिका केन्द्रीय सदस्य तथा संघका गुरु जयराम थिङ तामाङले सबै खेलप्रेमी तथा खेलाडीहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन अनुरोध गर्नुभएको छ।