Susandesh Khabar

म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका झार्लाङ कोखिम खेल मैदानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाले आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा तामाङ समुदायको बहुचर्चित गायक,नायक म्हेन्दोमायाको राजा भनेर चिनिने बरिस्ठ म्हेन्दोमाया गायक तथा नायक सगर एस वाइबाको विशेष म्हेन्दोमाया गीत संगीत प्रस्तुति राख्न झार्लाङ को कोखिम खेल मैदानमा आउदै हुनुहुन्छ सोही कार्यक्रममा झार्लाङ कै चर्चित तामाङ तथा लोक दोहोरी गायक धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन पनि आउने आयोजकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम सफल पार्न सम्पुर्ण खनियाबास गाउँ पालिकाका आमा बुबा दिदिबहिनी दाजुभाइहरुलाइ उपस्तिथि जनाइ कार्यक्रमको सोभा बढाइ भरपुर मनोरञ्जन लिन र तामाङ तथा नेपाली गीत संगीतमा रम्न रमाउन आइदिनु हुन आयोजक कमिटी परिवार हार्दिक निमन्त्रणाका साथ अनुरोध गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य,बागमति प्रदेश कमिती सदस्य,धादिङ जिल्ला सदस्य,पालिका पदाधिकारीहरुको उपस्थिती सङ्गै अतिथि रहने जानकारी कार्यक्रम संयोजक मङग बहादुर तामाङले जानकारी गराउनु भएको छ । बिहान ११ बजेदेखी साझ ७ बजेसम्म कार्यक्रम हुने आयोजक कमिटीले जानकारी गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

९ औ राष्ट्रिय लोक दोहोरी प्रतियोगिता नुवाकोटमा सम्पन्न।

सन्दिप,नुवाकोट जिल्ला को बिदुर नगरपालिका -४ मा २९ देखि ३१ गते सम्म संचालन हुँदै गरेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल...
जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

जनप्रतिनिधिको सम्पत्तिमाथि छानबिन गर्न सुधन गुरुङको माग

काठमाडौँ — सुधन गुरुङ ले स्थानीय तहका जनप्रतिनिधिहरूको सम्पत्तिमाथि व्यापक र निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

धादिङ सिद्धलेक ५ कि राती गुरुङलाई सहयोग गर्न अपील ।

बिगत केही महिना देखि धादिङ सिद्धलेक गाउँ पालिका वडा न -५ निवासी बुबा गोपाल बहादुर र आमा दिलमाया श्रेष्ठकि छोरी बर्षा १८ कि राती गु...
३ दिने उपबास  प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

३ दिने उपबास प्रार्थना कार्यक्रम हेटौंडामा सम्पन्न

धादिङ ,Sda चर्च नेपाल केन्द्रको आयोजनामा मकवनपुर स्थित हेटौंडा ड्राइभर डाडामा खीस्टियन धर्मलवम्बीहरुको रितिथिती अनुसार ३ दिने उपबा...