Susandesh Khabar

म्हेन्दोमायाका राजा सगर एस वाइबा कार्तिक १३ गते झार्लाङ आउदै ।

उत्तरी धादिङ खनियाबास गाउँ पालिका झार्लाङ कोखिम खेल मैदानमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खनियाबास गाउँ पालिकाले आयोजना गरिएको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रममा तामाङ समुदायको बहुचर्चित गायक,नायक म्हेन्दोमायाको राजा भनेर चिनिने बरिस्ठ म्हेन्दोमाया गायक तथा नायक सगर एस वाइबाको विशेष म्हेन्दोमाया गीत संगीत प्रस्तुति राख्न झार्लाङ को कोखिम खेल मैदानमा आउदै हुनुहुन्छ सोही कार्यक्रममा झार्लाङ कै चर्चित तामाङ तथा लोक दोहोरी गायक धादिङ जिल्ला म्हेन्दोमाया कलाकार संघका निवर्तमान अध्यक्ष सन्दिप स्याम्चेन पनि आउने आयोजकले जानकारी गराउनु भएको छ । उक्त कार्यक्रम सफल पार्न सम्पुर्ण खनियाबास गाउँ पालिकाका आमा बुबा दिदिबहिनी दाजुभाइहरुलाइ उपस्तिथि जनाइ कार्यक्रमको सोभा बढाइ भरपुर मनोरञ्जन लिन र तामाङ तथा नेपाली गीत संगीतमा रम्न रमाउन आइदिनु हुन आयोजक कमिटी परिवार हार्दिक निमन्त्रणाका साथ अनुरोध गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रिय सदस्य,बागमति प्रदेश कमिती सदस्य,धादिङ जिल्ला सदस्य,पालिका पदाधिकारीहरुको उपस्थिती सङ्गै अतिथि रहने जानकारी कार्यक्रम संयोजक मङग बहादुर तामाङले जानकारी गराउनु भएको छ । बिहान ११ बजेदेखी साझ ७ बजेसम्म कार्यक्रम हुने आयोजक कमिटीले जानकारी गराउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बाइबल सेमिनारी विद्यार्थीहरुको २८औँ दीक्षान्त समारोह सम्पन्न

बागमती प्रदेशको राजधानी हेटौंडा, ड्राइभर डाँडामा रहेको एस.डि.ए. चर्च नेपालद्वारा आयोजित ३ महिनाको बाइबल अध्ययन तालिमको समापन तथा २...
सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाहीमा बाइबल अध्ययन तालिम सम्पन्न

सर्लाही, साउन १९ । SDA चर्च नेपालको आयोजनामा सर्लाही जिल्लामा बाइबल सम्बन्धी तालिम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य पास्टर अगु...

चौथो सस्करण म्हेन्दोमाया गीत प्रतियोगिता २०८२ सिङ्ल्हामा हुँदै ।

सन्दिप स्याम्चेन, उत्तरी धादिङको तामाङ समुदायमा प्रचलित तामाङ कला,सस्कृती,परम्परा,भेषभुषा,रहन सहन,रिमठिम,पेठिम झल्किने तामाङ भा...
नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको प्रथम धादिङ जिल्ला समिति गठन हुने

धादिङ, श्रावण १६ – “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नाराका साथ नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको...