Susandesh Khabar

समाज

सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

सिक्किमको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  ४.५ म्याग्निच्युडको भूकम्प

  झापा- भारतको सिक्किम राज्यको नाम्चीनेर केन्द्रबिन्दु बनाएर  भूकम्प गएको छ। ४.५ म्याग्निच्युडको भूकम्पको धक्का पूर्वी नेपालको झापालगायत अन्य क्षेत्रमा पनि महसुस गरिएको थियो। उक्त भूकम्पको धक्का भारत, बंगलादेश, नेपाल, भुटान तथा चीनका केही भाग पनि महसुस गरिएको बताइएको छ। भूकम्पको केन्द्रबिन्दु रहेको नाम्ची आसपासमा के कति क्षति भयो भन्ने कुराको जानकारी आइसकेको छैन। भूकम्पको केन्द्रबिन्दु नाम्चीबाट ९ किलोमिटर टाढा रहेको बताइएको छ।भूकम्प बिहान ७ बजेर १२ मिनेट जाँदा गएको हो।
Read More
आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

आज नागपञ्चमी, घरमा नाग को चित्र टाँसेर नागपञ्चमी मनाइँदै

   बिर्तामोड साउन २५ ।।   आज नागपञ्चमी । आज घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । यसरी ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास छ । श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको छ । नागपञ्चमीको दिन नागको चित्रमा दूध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि अष्ट नागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ । नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ…
Read More
स्कूल बसको ठक्कर बाट एक युवक सहित १८ बाख्रा मरे

स्कूल बसको ठक्कर बाट एक युवक सहित १८ बाख्रा मरे

  बाँके ।।  बाँकेमा एउटा स्कुल बसले ठक्कर दिँदा एकजना युवक सहित उनले चराइरहेका १८ वटा खसी-बाख्रा पनि मरेका छन् । कोहलपुरबाट ढकेरीतर्फ जाँदै गरेको ना ४ ख ४५ ७० नम्बरको स्कुल बसले बिहीबार अपरान्ह ५ बजे ढकेरी पुलमा ब्राख्रा र गोठालो गएका पुरुषलाई ठक्कर दिएको थियो । ज्ञान कुञ्ज स्कुल कोहलपुरको बसले ठक्कर दिँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको घटनास्थलमै मृत्यु भएको हो । बसले हान्दा अन्य बाख्रा पनि घाइते भएका छन् । घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट सवारी पास गराइएको प्रहरीले जनाएको छ। अहिले मालिक र…
Read More
कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

कोरियाभाषा परीक्षामा ९ हजार परीक्षार्थी उत्तीर्ण

  बिर्तामोड साउन २३।।रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत दोस्रो चरणको भाषा परीक्षामा करिब ९ हजार परीक्षार्थी उत्तीर्ण भएका छन् । उत्पादनतर्फको क्षेत्रमा काम गर्न जान इच्छुक ६६ हजार ३२६ जना नेपाली युवा दोस्रो चरणको भाषा परीक्षामा सहभागी भएका थिए । भाषा परीक्षामा सहभागीमध्ये आठ हजार ९६५ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभाग अन्तर्गतको इपीएस कोरिया शाखाले जनाएको छ । दोस्रो चरणको परीक्षा उत्तीर्ण गरेका परीक्षार्थीले अब सीप परीक्षा दिन पाउनेछन् । केही दिनपछि उनीहरूको सीप परीक्षा हुने इपीएस शाखाले जनाएको छ ।
Read More
झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

झापाको भिन्नाभिन्नै ठाउँबाट अवैध लत्ता कपडा बरामद

  बिर्तामोड साउन २३ ।। झापाको दुई भिन्न स्थानबाट सशस्त्र प्रहरीले आज अवैध कपडा बरामद गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–७ सुनमाई चिया बगान र मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको रू १२ लाख ५० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिनुभयो । बुद्धशान्ति–७ सुनमाई चिया बगानबाट नेपाल सुरक्षा बेस टिमाइबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा आज राति ७ः१० बजे चिया बगानभित्र लुकाई छिपाई राखेको करिब रू १० लाख बराबरको बरामद गरेको हो । त्यस्तै, नेपाल…
Read More
लागू औषध सहित दुई जना पक्राउ

लागू औषध सहित दुई जना पक्राउ

  बिर्तामोड साउन२३ ।। झापा बिर्तामोडका दुई युवायुवती लागूऔषधसहित पक्राउ परेका छन् । मंगलबार साँझ साढे ६ बजे कनकाई नगरपालिका-३ सेल्फिडाँडा जाने भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी र वडा नम्बर १ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बूलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा आशिकाको साथबाट प्लास्टिकसहित २ ग्राम ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
Read More
अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

  काठमाडौं साउन २२।। अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बन्न पुगेको छ । बाक्लो पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आएको हो । मङ्गलवार बिहानदेखिको वर्षाले जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिए । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन् भने केही डाइभर्ट समेत भएको उनले जानकारी दिए । यताबाट बिहानै उडान सेडुलमा रहेका जहाज पनि अविरल वर्षाका कारण प्रभावित हुन पुगेको झाको भनाई छ । कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि कम्तीमा एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ…
Read More
टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन

टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन

  बिर्तामोड साउन २१।। टंक ढकालको संयोजकत्वमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल झापा जिल्ला तदर्थ समिति गठन गरिएको छ। आज झापाको बिर्तामोड स्थित आदर्श पार्टी प्यालेसको सभा हलमा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोशी प्रदेश तदर्थ समिति संयोजक रोम घिमिरेको अध्यक्षता तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष गायिका रिता थापा मगरको प्रमुख आतिथ्यतामा झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो। प्रतिष्ठान कोशी प्रदेश तदर्थ समितिको आयोजनामा भएको कार्यक्रममा राजु गिरी सहसंयोजक गुमान सिंह तामाङ सदस्य सचिव कमला नेमाङ आर्थिक संयोजक चयन भएका छन्। त्यसैगरी जिल्ला सदस्यहरूमा राम बिष्ट, शिव नेपाल, सुमन मोते, सुवास सुवेदी,…
Read More
विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट  नक्कली

विज्ञप्ति निकाल्दै प्रभु बैंकले भन्यो मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट नक्कली

  बिर्तामोड साउन २०।। प्रभु बैंक लिमिटेडले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट अनाधिकृत रहेको जनाएको छ । आज विज्ञप्ति जारी गर्दै बैंकले उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट र स्टेटमेण्ट बैंकबाट जारी गरिएको नभई अनधिकृत एवं नक्कली रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, उक्त व्यहोरा प्रारम्भिक रुपमा देखिन आएकोले सो सम्बन्धमा थप छानविन भैरहेको र कानुन बमोजिम अनुसन्धान गरी दोषी उपर कारवाहीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बैंकका प्रदेश प्रमुख बद्री कुमार कटुवालले जनाए । प्रभु बैंक लि. को झापा जिल्लास्थित विर्तामोड शाखा कार्यालयका निक्षेप ग्राहकले बैंकमा राखेको मुद्दती निक्षेप सम्बन्धित खातामा नभएको भन्ने…
Read More