साफ यू-२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को विजेता बन्दै नेपाल सेमिफाइनल पुगेको छ। बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूहको अन्तिम खेलमा बंगलादेशलाई २-१ गोलले हराएर नेपाल अन्तिम चारमा पुगेको हो। यसअघि आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका दुवै टोली सेमिफाइनलमा पुगिसकेका थिए। अर्को समूहबाट भारत, माल्लिभ्स र भुटान मध्ये दुई टोली सेमिफाइनल पुग्नेछन्। बिहीबार भएको खेलका तीनै गोल पहिलो हाफमा भएका थिए। पहिलो हाफमा नेपालले दुई मिनेटको अन्तरमा दुई गोल गरेको थियो। खेलको १७ मिनेटमा समिर तामाङको गोलबाट नेपालले अग्रता लियो। डिबक्स बाहिर रहेका बंगलादेशका गोलकिपर हसन साब्रोनले बल नियन्त्रण गर्न ढिला गरेपछि समिरले उनको खुट्टाबाट बल खोस्दै खाली पोस्टमा गोल…
देउखुरी भाद्र ६ ।। घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । प्रहरी प्रवक्ता तिमल्सिनाले मोटरसाइकलमा आएका दुईमध्ये एक जनाले बम फालेर भाग्दै गर्दा पक्राउ परेका बताए । उनले भने, “सुतली बम चर्को आवाजमा पड्केको थियो ।” प्रहरी प्रवक्ता तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ निवासी अभियान थापा र सोही क्याम्पसमा पढ्ने सुदन कार्की रहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका दुवै जनाले रमाइलोका…
बिर्तामोड भाद्र ५।। झापाको शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रामाथि निर्मम कुटपिट गरेका छन् ।कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन् । छात्राको कम्मर माथिको भाग डढेल्नोमा तीनवटा सुम्ला छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । छात्रालाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी हुन् । उनी शिक्षकहरूको छाता संगठन नेपाल शिक्षक महासंघ शिवसताक्षी नगरका सचिवसमेत हुन् । उनले आफूबाट गम्भीर त्रुटि भएको बताएका छन्। उनले आफू विद्यार्थीको उपचार भइरहेको बिर्तासिटी अस्पतालतर्फ गइरहेको बताए । बुधवार कक्षा कोठामा नेपाली…
झापा भाद्र ४ ।। झापाको दुई भिन्नाभिन्नै ठाउँमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। झापाको शिवसताक्षीमा घरेलु हतियार खुकुरी प्रयोग गरेर पतिले पत्नीको हत्या गरेका छन् भने झापाको मेचीनगरमा बुवाले आफ्नै छोरालाई धारिलो हतियारले (दाउ) ले हानेर घाइते बनाएका छन् । आज साँझ पौने ७ बजे शिवसताक्षीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती २९ वर्षीया रञ्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । उनका पति ४४ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरीले हानेर रञ्जनाको हत्या गरेको छिमेकीले बताए । शिवसताक्षी ८ निपत्रियाको घटना पतिपत्नीबीचको आन्तरिक कलहका कारण भएको हुनसक्ने छिमेकीले अनुमान गरेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय…
बिर्तामोड, ४ भदौ : बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपहुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन्। नगर अस्पतालमा प्रसुती हुनेहरुको लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा वच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी)…
बिर्तामोड भाद्र ४ ।। यस वर्षको ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार राजा पुनियानीलाई दिइने भएको छ । ‘दिव्य बिक्रम नेम्बाङ स्मृति प्रतिष्ठानले पुनियानीलाई भदौ १४ गते शुक्रबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरी नेम्बाङको पाँचौ स्मृति दिवसका दिन ‘दिव्य बिक्रम नेम्बाङ स्मृति साहित्य सम्मान पुरस्कार २०८१द्वारा सम्मान गरिने प्रतिष्ठानले जनाएको छ । राजा पुनियानी भारत दार्जीलिङ, सुकुनाका कवि तथा चिन्तक हुन । यस अघि यसअघि पुरस्कारबाट कवि तथा लेखक प्रकाश थाम्सुहाङ, कृष्ण बराल र उपेन्द्र सुब्बा सम्मानित भइसकेका छन् । राजनीतिज्ञ, समाजसेवी एवम् साहित्यकार स्व.दिव्य बिक्रम नेम्बाङको स्मृतिमा स्थापित २०७६ सालमापुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशि…
मोरङ भाद्र ४।। , मोरङको कानेपोखरी गाउँपालिकामा श्रीमानको खुकुरी प्रहारबाट एक महिला घाइते भएकी छन् । घाइते हुनेमा कानेपोखरी ७ की ३० वर्षीया कविता तामाङ रहेको मोरङ प्रहरीले जनाएको छ ।खुकुरी प्रहारको आरोपमा प्रहरीले कविताका श्रीमान् ३३ वर्षीय हिराधन तामाङलाई पक्राउ गरेको छ । आइतवार राति १० बजेतिर हिराधनले मादक पदार्थ सेवन गरी श्रीमतीलाई खुकुरी प्रहार गरेका थिए । श्रीमानले हानेको खुकुरी रोक्ने क्रममा कविता घाइते भएकी हुन् । खुकुरी प्रहारबाट दुवै हातका हत्केलामा गहिरो चोट लागेको छ । उनको अहिले बिराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । वैदेसिक रोजगारीमा रहेका हिराधन ११ वर्ष मलेसिया बसेर ६ महिनाअघि…
इलाम : विद्यार्थी भिसामा दक्षिण कोरिया अध्ययन गर्न गएकी इलामको माई नगरपालिका-१ कि सोनु श्रेष्ठको निधन भएको छ। लिलाकुमार र प्रतिमा श्रेष्ठकी छोरी २० वर्षीया सोनु गत फेब्रुअरीमा विद्यार्थी भिसा (ड्२)मा कोरिया गएकी थिइन्। उनी दक्षिण कोरियास्थित उल्सान विश्वविद्यालयमा अध्ययनरत थिइन्। उनको उल्सान अस्पतालमा पोस्टमार्टम भइसकेको र कोरियामा रहेका आफन्तजन र परिवारलाई सम्पर्क गरी शवलाई नेपाल ल्याइने भएको छ। निधनको कारण खुल्न नसकेको बताइएको छ। उनी श्रेष्ठ परिवारकी माइली छोरी हुन्। उनका दिदी र भिनाजुसमेत कोरियामा नै रहेका माई नगरपालिका-१ का वडाध्यक्ष राम राईले जानकारी दिए। सोनुका बुबा लिलाकुमार श्रेष्ठको २ महिनाअघि मलेशियामा निधन भएको थियो।
काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको दस महिनापछि हटाउन लागिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा प्रतिबन्ध फुकुवाको पहल भइरहेको स्रोतले जनाएको छ। सकभर छिट्टै यसबारे निर्णय लिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री ओलीले निर्देशन दिइसकेका छन्। तत्काल फुकुवा खुलाउने गरी तयारी थाल्न निर्देशन पाएपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकका नेपाल प्रतिनिधिसँग छलफल गर्दैछन्।
चतरा ।। सुनसरी र उदयपुर जोड्ने चतरा पुलबाट एक युवकले कोशी नदीमा हामफालेका छन् । को ९ प ९८६५ नम्बरको स्कुटरमा आएका युवा पुलमा स्कुटर छाडेर कोशी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सोमबार अपरान्ह करिव साढे चार बजेतिर ती युवक पुलबाट हामफालेका थिए । हामफालेका युवाको पहिचान भएको छैन । स्कुटरसँगै घडी र मोबाइल पनि पुलमा फेला परेको प्रहरीले जनाएइको छ । उदयपुर र सुनसरीतर्फ पुलको दुवैतिर रहेको प्रहरीले उनको खोजी गरेपनि भेटिएका छैन् । कोशी पुलमा जडान गरेको सिसिटिभी फुटेजमा पनि युवक हामफालेको देखिएको छ ।