Susandesh Khabar

Breaking News 1

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन-उपेन्द्र यादव

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन-उपेन्द्र यादव

  काठमाडौँ —जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् जसपा, नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए । बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको उल्लेख गर्दै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको बताए । यो अवधिमा देशको शैक्षिकस्तर, कृषिको अवस्था तथा औद्योगिकीकरण लगायतका सबै क्षेत्र ध्वस्त हुँदै जाँदा देश नै खोक्रो भएको उनको भनाइ छ । उनले भने, ‘कांग्रेस तथा कम्युनिष्टहरुको…
Read More
राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार

  काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब ३० हजार रुपैयाँ पुर्‍याएको छ । एन्फाको मंगलबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले खेलाडीको मासिक पारिश्रमिक ३० हजार रुपैयाँ पुर्‍याउने निर्णय गरेको हो । नेपालका महिला र पुरुष दुवै टिमका खेलाडीले समान ३० हजार रुपैयाँ पाउने छन् । यसअघि, एन्फाले राष्ट्रिय टिमका खेलाडीलाई मासिक १८ हजार रुपैयाँ दिँदै आएको थियो । यस्तै, एन्फाले फिफा ब्याच प्राप्त रेफ्रीहरूलाई मासिक २० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ ।
Read More
दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि पुनियानीलाई प्रदान

  बिर्तामोड भाद्र १४।। यस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङका कवि राजा पुनियानीलाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्वाङ स्मृति प्रतिष्ठान झापाले शुक्रबार बिर्तामोडमा एक कार्यक्रमबीच पुनियानीलाई पुरस्कार प्रदान गरेको हाे । बिर्तामोड नयाँ बसपार्क स्थित राके हाेटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि आख्यानकार कृष्ण बराल र प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्बाङले नगद तीस हजार रूपैयाँसहित, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मन् सहित पुरस्कृत गरेका थिए । परकार्यक्रममा कवि सुन्दर कुरूपले  दिव्यबिक्रम नेम्वाङको लोकतान्त्रिक , राजनीतिक र साहित्यिक योगदानबारे चर्चा गरे । पुरस्कृत व्यक्तित्वमाथि बोल्दै प्राध्यापक अस्मिता विष्टले राजा पुनियानी वर्तमान समयको प्रतिरोधी कवि साहित्यकार भएको बताइन् । पुनियानीले नेपाली भाषा साहित्यको…
Read More
विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

विदेशमा अध्यनकालागि जाने विद्यार्थीहरुलाई स्टडी पार्कको निःशुल्क परामर्श

  इलाम ।। बिर्तामोड स्टडी पार्क इलाम शाखाले वैदेशिक अध्ययनमा विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सेमिनार सञ्चालन गरेको छ । उक्त सेमिनारको सहजीकरण श्रुति पराजुलीले गरेकी थिइन् । सेमिनारमा युके अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरुमा जान नेपालीहरुले केके कुराहरु अपनाउने, के कस्तो डकुमेन्ट, कलेजको कुन-कुन सेक्टरमा अध्ययन गर्न पाइन्छ लगायतका विषयमा प्रशिक्षण गराइएको बिर्तामोड स्टडी पार्क इलाम शाखा प्रमुख दिलिप पौडेलले जानकारी दिए । बिर्तामोड स्टडी पार्क इलाम शाखाले पछिल्लो समय आयल्स र जापानका कक्षाहरु सञ्चालन गर्दै आएको छ । बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले…
Read More
तीन घण्टाको फरकमा दुई छिमेकीले गरे झुण्डिएर आत्महत्या

तीन घण्टाको फरकमा दुई छिमेकीले गरे झुण्डिएर आत्महत्या

  अर्जुनधारा भाद्र १४।। झापाको अर्जुनधारामा एक युवतीले आत्महत्या गरेको केही समय पछि छिमेकी पुरुषले  पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधारा नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । उनले घरको पूजा कोठामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको…
Read More
कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी केन्द्र

कोशी प्रदेश सरकारबाट बाहिरियो नेकपा माओवादी केन्द्र

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलको बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बोले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’ नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै…
Read More
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा

अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा

  अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ । यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमा समेत मुद्दा दर्ता भएको छ । २६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक–पटक जेल परेको खुलेको छ ।
Read More
पाँचथर विस्फोट अपडेट : विस्फोटमा परि घाइते दुई बालबालिकाको मृत्यु

पाँचथर विस्फोट अपडेट : विस्फोटमा परि घाइते दुई बालबालिकाको मृत्यु

    पाँचथर —पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्‍याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा…
Read More
तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

तीज गीत ‘आयो तीज रङ्गियो गाउँबेसीको’ म्युजिक भिडियो सार्वजनिक।

  बिर्तामोड ।।  नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत 'आयो तीज रंगियो गाउँ बेसी' नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक  लिम्बुले नृत्य निर्देशन गरेका छन्…
Read More
कार्यक्रम हेर्ने कथा मार्फत भेटिएका प्रकाश तामाङ घर फर्किए।

कार्यक्रम हेर्ने कथा मार्फत भेटिएका प्रकाश तामाङ घर फर्किए।

  गोरखा– चर्चित कार्यक्रम ‘हेर्ने कथा’बाट चर्चामा आएका  भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ (पाका) अन्तत गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् । उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने…
Read More