Susandesh Khabar

Breaking News 1

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै बङ्गलादेश फाइनलमा

  गत संस्करणको उपविजेता टोली बङ्गलादेश  डिफेन्डिङ च्याम्पियन भारतलाई हराउँदै साफ U 20 फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता भारतलाई  पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै बंगालादेश उपाधि नजिक पुगेको हो। अब बंगालादेशले फाइनलमा आयोजक नेपालको सामना गर्नेछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो सेमिफाइनलको निर्धारित समय १-१ को बराबरी पछि टाइब्रेकरमा बंगलादेशले बाजी मारेको हो । बंगालादेशका गोलकिपरले भारतका २ खेलाडीको‌ पेनाल्टी रोक्दै टोलीलाई अन्तिम दुईमा‌ पुर्याए हुन् । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउन नसक्दा बंगलादेशले हितका लागि पेनाल्टी सुटआउटसम्म कुर्नु परेको थियो। दोस्रो हाफमा गोल गर्दै खेलमा फर्के पनि पेनाल्टी सुटआउटमा दुई खेलाडी असफल भएसँगै भारत उपाधि…
Read More
आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्ण जन्माष्टमी,देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

  बिर्तामोड भाद्र  १० ।।  ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका छन् । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट…
Read More
नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना, पाँच गम्भीर घाइते

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना, पाँच गम्भीर घाइते

एजेन्सी : नेपाली तीर्थयात्री बोकेको बस  बिहारको समस्तीपुरमा आज बिहान दुर्घटनामा  परेको  छ। नेपालको बारा जिल्लाबाट नेपाली तीर्थयात्री लिएर  भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको  प्रहरिले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू…
Read More
भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

  काठमाडौँ  ।। घरेलु टोली नेपालले भुटानलाई हराउँदै साफ यू२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा टाइब्रेकरमा ४-१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको प्रहार जियारत…
Read More
रामेछापमा पहिरोमा परी ११जना वेपत्ता,उद्धारकार्य जारी

रामेछापमा पहिरोमा परी ११जना वेपत्ता,उद्धारकार्य जारी

  दोलखा —रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका-३ मा शनिबार राति भीषण वर्षापछि आएको पहिरोमा परी ११ जना बेपत्ता भएका छन् मध्यरातमा लेकखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएको रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । पहिरोले ४ वटा घर बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको सिंहले बताए । प्रहरी टोली लेकखर्कतर्फ हिँडिसकेको उनले बताए । क्षतिको थप विवरण आउन बाँकी छ ।
Read More
सुनकोसी नदीमा कार खस्यो नदीमा खसेको कार र यात्रुको खोजी हुदै

सुनकोसी नदीमा कार खस्यो नदीमा खसेको कार र यात्रुको खोजी हुदै

  सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ। कारमा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५:३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।
Read More
तमोर नदीले बगाउँदा छातेढुंगाका  ओली बेपत्ता

तमोर नदीले बगाउँदा छातेढुंगाका ओली बेपत्ता

  तेह्रथुम । तमोर नदीले बगाउँदा आठराई गाउँपालिका-५ छातेढुंगाका जीवन ओली बेपत्ता भएका छन् । छातेढुंगाको पिनासी घाटमा पौडी खेल्ने क्रममा शनिबार दिउँसो  ११ बजे १७ वर्षीय ओलीलाई तमोरले बगाउँदा बेपत्ता भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार निरीक्षक बद्री दाहालले जानकारी दिए । बेपत्ता भएका ओली घरबाट बाख्रा चराउन तमोर किनारमा गएका थिए । बेपत्ता भएका ओलीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए ।
Read More
अर्जुनधारामा एक युवती माथि सामूहिक बलात्कार, बलात्कार आरोपमा चारजना पक्राउँ

अर्जुनधारामा एक युवती माथि सामूहिक बलात्कार, बलात्कार आरोपमा चारजना पक्राउँ

  बिर्तामोड भाद्र ८ ।। झापाको अर्जुनधाराकी एक युवतीमाथी  सामुहिक बलात्कार भएको छ । अर्जुनधारा–५ की  १६  वर्षीय ती युवतीमाथी शुक्रबार राती चारजना युवाले सामुहिक बलात्कार गरेका हुन् । युवतीको बयानका आधारमा प्रहरीले अर्जुनधारा ७ का सुनिल राजबंशी, केशबकुमार मगर, सरोज राई र अनिस लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरुलाई आज बिहान नै घरबाट पक्राउ गरिएको हो । थप तीन जनाको खोजी भइरहेको बुझिएको छ । पीडित परिवारका अनुसार पिडकमध्येका दुईजनाले शुक्रबार अपराह्न युवतीलाई घुम्न जाने भन्दै घरबाट लगेका थिए । त्यसपछि उनीहरुले अर्जुनधाराकै एक होटलमा पुर्याएका थिए । त्यहाँ उनका अरु दुईजना…
Read More
सुदूरपश्चिममा गौरापर्व सुरु, आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै

सुदूरपश्चिममा गौरापर्व सुरु, आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै

  कञ्चनपुर । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी  त्यसभित्र पञ्च अन्न (मास, कलौँ, गहत, गहुँ र गुरुस) भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा…
Read More
अर्जुनधारा जलेश्वर धामले साउमा गर्यो  १४लाख रुपैयाँ बचत

अर्जुनधारा जलेश्वर धामले साउमा गर्यो १४लाख रुपैयाँ बचत

  अर्जुनधारा ।। पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धामले साउनमा सम्पन्न श्रावणी पर्व–२०८१ मा १४ लाख ५७ हजार १५६ रुपैयाँ बचत गरेको छ । धाम व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वमा आम्दानी १७ लाख ५२ हजार ९३१ रुपैयाँ र खर्च दुई लाख ९५ हजार ७७५ रुपैयाँ भएको छ । आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार १२० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार ५८१ रुपैयाँ, भूमिदानबाट एक लाख ५०५ रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार १०० रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार ५०० रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार २०० रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार ५५५ रुपैयाँ,…
Read More