Susandesh Khabar

भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

भुटानमाथि १–० को जित हासिल गर्दै साविक विजेता भरत बिजयी

  साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो। भारतका लागि मोनिरूल मोल्लले गोल गरे। उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक सावित भयो। प्रतियोगिताअन्तर्गत भोलि मंगलबार बंगलादेशले श्रीलंकासँग खेल्नेछ।
Read More
धर्मगुरु  खतिवडा धरौटीमा छुटे

धर्मगुरु खतिवडा धरौटीमा छुटे

  काठमाडौं– धर्मगुरु पुष्कर खतिवडा धरौटीमा छुटेका छन् । गत साउन १४ गते पक्राउ परेका खतिवडा २५ हजार धरौटीमा रिहा भएका हुन् । नेताहरूको मृत्युको कामना गर्दै यज्ञ गरेपछि उनी पक्राउ परेका थिए । खतिवडाले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेताहरूको मृत्युको कामनासहित आयोजित यज्ञमा सहभागी हुन आह्वान गरेका थिए
Read More
सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

सुनसरीमा एकजनाको विवत्स हत्या, हत्या आरोपमा तीनजना पक्राउ

  ईटहरी भाद्र ३।। सुनसरीकाे गढी गाउँपालिकामा एक जनाको विभत्स हत्या भएको छ । गढी गाउँपालिका-६ घर भएका ४६ बर्षीय ज्ञानचन ऋषिदेवको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-२ स्थित थाहाटोलमा सिमेन्ट, बालुवाको काम गर्ने उनको आज बिहान शरीर छिनालिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीले उनीसँगै काम गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । ‘हामीले बिहान ६ बजे टाउको र शरीर छुट्टाछुट्टै बालुवामा फेला पायौँ’, डिएसपी नविन भण्डारीले भने, ‘उनीसँगै बस्ने तीन जनालाई नियन्त्रणमा लिएका छौ ।’ प्रहरीले लिएकाे प्रारम्भिक बयानमा पक्राउ परेका तीनैजनाले घटनाबारे केही थाहा नभएको…
Read More
ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आजदेखि उद्घाटनमा ताप्लेजुङ र कन्चनजंगा एफसी भिड्दै

ताप्लेजुङ गोल्डकपको दोस्रो संस्करण आजदेखि उद्घाटनमा ताप्लेजुङ र कन्चनजंगा एफसी भिड्दै

  ताप्लेजुङ भाद्र ३।। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको दोश्रो संस्करण आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकको संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङ र कञ्चनजङ्घा एफसी सिलगुडी भारतले प्रतिष्पर्धा गर्दैछन् । भाद्र १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माविको प्राङ्गणमा दिउँसो २ः३० बजे खेलको उद्घाटन हुनेछ । प्रतियोगिताको विजेता नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ सहित ट्रफी पाउने छ । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्वाटरफाइनलका चार खेलमा टिकट दर १ सय, सेमिफाइनलमा २ सय…
Read More
बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

बझाङमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

  धनगढी भाद्र ३।। बझाङमा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु  भएको छ । हिजाे राति १ बजे एक्कासि घरमाथिबाट आएको पहिरोमा परी बुगल नगरपालिका वडा नम्बर १० मा बेपत्ता भएका उनीहरूको शव निकालिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा ५५ वर्षकी काली धामी, २५ वर्षकी गोल्की धामी, ६ वर्षकी आकृति धामी र ३ वर्षकी लक्ष्मी धामी रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए। उनीहरूको शव अहिले घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय, बझाङको टोलीले शव पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले घरमुली ६२ वीरबहादुर धामी, १६ वर्षीया कमला धामी, वर्ष…
Read More
आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व मनाइँदै

सोमबार (आज) रक्षावन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै पुरोहितले दाहिने नाडीमा बाँधिदिने परम्परा रहेको छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो…
Read More
किन खाने क्वाटी यस्ता छन् क्वाटीका फाइदा

किन खाने क्वाटी यस्ता छन् क्वाटीका फाइदा

  परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।‘क्वाँटी’ नेपालभाषाको ‘क्वाति’ शब्दबाट व्युत्पत्ति भएको र ‘क्वा’को अर्थ तातो र ‘ति’को अर्थ झोल वा सुप हो । क्वाँटी बनाउँदा चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठुलो केराउ, सानो केराउ नौ प्रकारका गेडागुडी टुसा उम्रेने गरी पानीमा चार दिनसम्म भिजाइन्छ । टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो दिन विशेषको महत्त्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचनक्रियासँग सम्बन्धित विभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समुदायले खाने विशेष प्रकारको क्वाँटीलाई न्वाँगी पनि भनिन्छ । यस दिन दिदीबहिनीहरुले आफ्ना दाजुभाइका दाहिने…
Read More
छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा बिर्तामोडबाट दुई जना पक्राउ

छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा बिर्तामोडबाट दुई जना पक्राउ

  बिर्तामोड भाद्र २ ।।झापाको बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत तीन जना छात्रालाई यौन दुब्र्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पावरटेक कम्प्युटरका सञ्चालक अलेक मेचे र सोही कम्प्युटर इन्टिच्युटकका शिक्षक नारायण खनाल रहेका छन् । कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरुले यौनजन्य दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरुलाई विभिन्न स्थानमा घुमाउन लाने, आइफोन किनिदिने जस्ता प्रलोभन देखाउने गरेको र संवेदनशील अंगमा छुने,सुम्सुम्याउने जदिए, ओजेटीको प्रमाणपत्र नदिने जस्ता त्रास देखाएसंगै…
Read More
श्रीलंकालाई हराउँदै घरेलु टोलीको विजयी शुरुवात

श्रीलंकालाई हराउँदै घरेलु टोलीको विजयी शुरुवात

  काठमाडौँ : २० वर्षमुनिको पुरुष साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा आज भएको उद्घाटन खेलमा श्रीलंकालाई १–० गोलले हराउँदै घरेलु टोलीले विजयी शुरुवात गरेको हो। नेपालको जितमा खेलको २३औँ मिनेटमा निराजन धामीले गरेको गोल नै निर्णायक बन्यो। निर्धारित ९० मिनेट र थपिएको ६ मिनेटको अतिरिक्त समयमा दुवै टोलीले थप कुनै गोल गर्न सकेनन्। जितसँगै नेपालले ३ अंक जोडेको छ। अहिलेसम्म साफ यू-२० का पाँच संस्करण आयोजना हुँदा नेपालले दुईपटक उपाधि जितेको छ। सन् २०१५ मा भएको प्रतियोगितामा नेपालले घरेलु मैदानमा नै भारतलाई हराउँदै उपाधि जितेको थियो। निकै प्रतिस्पर्धात्मक…
Read More
साफ यू-२० फुटवल च्याम्पियनसिप आज बाट सुरु नेपाल र श्रीलङ्का खेल्दै

साफ यू-२० फुटवल च्याम्पियनसिप आज बाट सुरु नेपाल र श्रीलङ्का खेल्दै

  काठमाडौं। साफ यू-२० च्याम्पियनसिप २०२४ को उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार आज श्रीलंकाको सामना गर्दैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ। प्रतियोगिताका लागि नेपालले लगभग ४० दिन प्रशिक्षण गरेको मुख्य प्रशिक्षक उर्जन श्रेष्ठ बताउँछन्। योबीचमा नेपालले घरेलु टोली चर्च ब्वाइज युनाइटेडसँग तीन र आर्मीसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। घरेलु मैदानमा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ। त्यसैले पनि उपाधि रक्षामा थप सहयोग पुगेको श्रेष्ठको भनाइ छ। ‘तयारी राम्रो भएको छ। आफ्नै घरेलु मैदानमा प्रतियोगिता हुने भएको कारण ट्रफी यही राख्ने लक्ष्य छ,’ उनले भने।  
Read More