Susandesh Khabar

अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

  एजेन्सी।। जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो । गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।
Read More
हरितालिका तीज, आज दर खाने दिन

हरितालिका तीज, आज दर खाने दिन

  झापा भाद्र २० ।। नेपाली नारीहरूको महान पर्व हरितालिका तीज आजबाट सुरु भएको छ। नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइती पक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले…
Read More
न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड  बाट सम्मानित

न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड बाट सम्मानित

  झापाको बिर्तामोडमा रहेको न्युट्न्स एजुकेशन एकाडेमी द बेष्ट टुरिजम क्लब अवार्ड २०२४ बाट सम्मानित हुने भएको छ । टुरिजम रिसर्च एण्ड ट्रेनिग इन्स्टिच्यूटले हरेक वर्ष आयोजना गर्ने नेशनल टुरिजम कन्फरेन्समा देशभर गठित णसनअल सुस्तैनब्ले टोउरिस्म क्लब (ण्स्ट्क्) हरुमध्येबाट वार्षिक क्यालेन्डर अनुसार न्युट्न्स सम्मानित हुने भएको न्युटन्स एजुकेसन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए । इन्स्टिच्यूटले विविध कार्यक्रमहरु गर्दै सक्रिय रहेका क्लब मध्येबाट न्युट्न्स छनोट भएको हो । क्लबले वातावरण, पर्यटन, सरसफाई, शैक्षिक गतिविधि लगायतका क्षेत्रहरुमा काम गर्दै आएको क्लबका संयोजक पवित्रा पौडेलले बताएकी छन् । त्यस्तै भरतपुरमा रहेको मदरलेन्ड सेकेन्डरी स्कुल पनि द मोष्ट एक्टिभ क्लव अफ द इएर २०२४…
Read More
मलेसियामा सडक दुर्घटनामा परी अर्जुनधाराका बुढाथोकीको मृत्यु

मलेसियामा सडक दुर्घटनामा परी अर्जुनधाराका बुढाथोकीको मृत्यु

  झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका  ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो । शनिबार बेलुका डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए । हाल उनको शव नेपाल ल्याउनका लागि पहल भईरहेको परिवारले बताएको छ । गोपाल परिवारको एक्लो छोरा थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरा र एक छोरी रहेका छन्…
Read More
अब नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउछन् –  केपी ओली

अब नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउछन् – केपी ओली

  काठमाडौं भाद्र १९।।  प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकले विश्वका कुनैपनि ठाउँमा रहेर मतदान प्रयोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। दक्षिण एशियाली निर्वाचन व्यवस्थापन निकायसम्बन्धी मञ्च (फेम्बोसा) को १२ औँ सम्मेलनको बुधवार काठमाडौंमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । हिमाल पग्लिनुका साथै समुद्रको तापक्रम बढ्दा जलवायु परिवर्तनमा पर्ने प्रतिकूल असरले मानव जीवनमा आउने चुनौतीका बीच लोकतन्त्रको अभिन्न अंगका रुपमा रहेको निर्वाचन प्रक्रियालाई अगाडि बढाउनु साझा दायित्व भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले नागरिकले जहाँ रहेर पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने र सोहीअनुसारको उचित वातावरण बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो ।…
Read More
भारत पश्चिम बङ्गालमा  बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

भारत पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

  पश्चिम बङ्गाल भारत।।   भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको हो । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो । राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी उक्त कानूनले महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दाप्रति आक्रोश व्यक्त गरेको छ । भारतको फौजदारी संहिता मुलुकभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म…
Read More
गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

  दमक ।। गोठबाट  हराएको गाई काटिएको अवस्था फेला परेको  छ । दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।
Read More
बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

बन्द रहेको इलामको सुकिलुम्बा विमानस्थल बिहिबारदेखि सञ्चालन आउने

  इलाम । तीन महिनादेखि बन्द रहेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। बर्खा सुरु भएसँगै खराब मौसमका कारण बन्द विमानस्थलबाट हवाई उडान पुनः सुरु हुन लागेको सुकिलुम्बा विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेयता उडान हुन सकेको छैन। त्यस्तै गत जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो। गत बिहीबार पनि उडान गर्ने भनिए पनि यात्रु नभएपछि उडान हुन सकेको थिएन। इन्चार्ज सुन्दासले मौसममा सुधार नआउन्जेलसम्म उडान नहुने जानकारी दिँदै साताको प्रत्येक बिहीबार उडान गर्ने योजना रहेको…
Read More
दुई छोरीको हत्या गरेर फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

दुई छोरीको हत्या गरेर फरार रहेकी आमा बिर्तामोडबाट पक्राउ

  बिर्तामाेड । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र मृत फेला परेका २ नाबालिकाकी आमालाई बिर्तामाेडबाट प्रहरीले पक्राउ गरेकाे छ । केरा बगानमा मृत फेला परेका १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्कीकी आमा अस्मिता न्यौपानेलाई प्रहरीले बुधबार बिहान बिर्तामाेडबाट फेला पारेको हो । घटना भएको ५ दिनपछि बिर्तामोडस्थित सडकमा अस्वस्थ्य अवस्थामा फेला पारेर अस्मितालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनको शारीरिक अवस्था निक्कै कमजोर छ । अस्मिताको उपचार सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । आमा अस्मिताले सँगै लिएर गएको भनिएका आइका र अस्मिता गत शनिबार दिउँसो मृत फेला…
Read More
बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

  बिर्तामोड ।  पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय  रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ । उनीहरुको…
Read More