काठमाडौं : भ्वाइस किड्स सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छन्। शनिबार आयोजित ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलकी प्रतिस्पर्धी तामाङले उपाधि जितिन्। जितसँगै अनुयाले १० लाख रुपैयाँ र प्रायोजकको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्। अन्य फाइनलिस्टलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको छ। कोच प्रमोद खरेलको टिमबाट अनुया र लाक्पा शेर्पा, कोच मिलन नेवारको टिमबाट समीक्षा धिताल र रिञ्जिन डोल्मा लामा फाइनलिस्ट थिए। कोच छेवाङ लामाको टिमबाट द्वितिका प्रधान र छेसाङ तामाङ, कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामाले फिनालेमा प्रतिस्पर्धा गरे।
बेरुत —इजरायलले दक्षिण लेबनानको नाबाटिएमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । आक्रमणमा मारिनेहरू सिरियाली नागरिक रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। इजरायली सेनाले विद्रोही संगठन हेजबोल्लाहको हतियार डिपोलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ । इजरायल नियन्त्रित गोलन हाइट्समा करिब दुई साताअघि गरिएको क्षेप्यास्त्र आक्रमणमा १२ बालबालिका र किशोरकिशोरीको ज्यान गएको थियो । जसका कारण उक्त क्षेत्र तनावग्रस्त बनेको हो । घटनाको जवाफमा इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरी हेजबोल्लाहका कमाण्डरको हत्या गरेको थियो । हेजबोल्लाहले हमास नेता इस्माइल हानियाको हत्याको इजरायलसँग बदला लिने बताउँदै आएको छ । इजरायल र प्यालेस्टिनी…
काठमाडौँ भाद्र १।।गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को ग्राण्ड फिनाले आज हुँदैछ। भ्वाइस किड्सको आफ्नै स्टुडिओमा बेलुका हुने फिनालेसँगै तेस्रो सिजनले नयाँ विजेता प्राप्त गर्नेछ। ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्। जसमा कोच प्रमोद खरेलको टिमबाट अनुया तामाङ र लाक्पा डोल्मा शेर्पा, कोच मिलन नेवारबाट समीक्षा दाहाल र रिन्जिन डोल्मा लामा, कोच छेवाङ लामाबाट द्धितिका प्रधान र छेसाङ तामाङ र कोच मेलिना राईको टिमबाट सिमला धिताल र आयुष लामा छन्। यीमध्ये दर्शकको भोटका आधारमा एकजनाले टाइटल जित्नेछन्। शोका निर्देशक लक्ष्मण पौडेलका अनुसार बेलुकासम्मका लागि भोटिङ खुला गरिएको छ। ८ बजेदेखि हिमालय टेलिभिजन र द…
काकरभिट्टा भाद्र १ । प्रहरीले झापाको मेचीनगरबाट दुईजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति ४ बुधबारेका ३१ वर्षीय दोर्णबहादुर बेघालाई पक्राउ गरेको हो । उनीमाथि जाँच गर्दा पाइन्टभित्र लुकाएर राखेको कालो रङको प्लाष्टिकको पोकाभित्र १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर भेटिएको थियो । त्यस्तै, भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर १० शान्तिटोलका ३० वर्षीय सुरेन्द्र गुरुङलाई पक्राउ गरिएको छ । उनीमाथि जाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउनसुगर २ ग्राम भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे भन्ने ठाउँमा शुक्रबार लेदोसहित भीषण बाढी आएको छ। हिमताल फुटेको अथवा हिमपहिरो गएको भन्ने यकिन भइनसकेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बाढी पसेको खबर आएको बताइन्। प्रजिअ पाण्डेका अनुसार घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्। ‘हिमपहिरो आएको हो वा हिमताल फुटेको हो भन्ने यकिन हुन सकेको छैन’, उनले भनिन्, ‘केही भौतिक संरचनामा क्षति पुगेको जानकारी आएको छ। पुष्टि हुन बाँकी छ।’ स्थानीयहरूका अनुसार लेदोसहितको बाढीले घर टहरा पुरेको छ।
खोटाङ साउन ३२ ।। भारी वर्षपछि गएको पहिरोले पुरिएर खोटाङमा एक शिक्षिकाको निधन भएको छ। जिल्लाको रावाबेँसी गाउँपालिका ३ की ६० वर्षीया सावित्रादेवी नेवारको पहिरोले पुरिएर निधन भएको हो। स्थानीय विश्वज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका नेवार बिहीबार विद्यालय जाँदै गर्दा बाटोमाथिबाट खसेको पहिरोले पुरिएकी थिइन्। प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोले पुरेर गम्भीर घाइते भएकी नेवारको उद्धार गर्न ढिला भएकाले घट्नास्थलमै निधन भएको स्थानीयले बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको खोटाङ प्रहरीलाई उद्धृत गर्दै प्रदेश प्रहरी प्रवक्ता वरिष्ट उपरीक्षक भीम दाहालले बताएका छन्।
बिर्तामोड साउन ३१ ।। गत वर्षदेखि झापाको बिर्तामोडमा सुरु भएको श्रीकृष्ण रथ यात्रा यो वर्ष पनि हुने भएको छ। श्री बालाजी मन्दिर समिति बिर्तामोड र श्री कृष्ण प्रणामी मन्दिर सतगुरु श्री देवचन्द्र सदन बिर्तामोडको संयुक्त आयोजनामा अघिल्लो बर्ष बिर्तामोडमा पहिलो पटक श्रीकृष्ण रथयात्रा निकालिएको थियो । यस वर्ष पनि यी दुवै संस्थाको आयोजनामा बृहत रुपमा रथयात्रा निकालिने श्री बालाजी मन्दिर समितिका अध्यक्ष नवीन गोयलले जानकारी दिए । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट आगामी भदौ ११ गते नन्द उत्सवको अवसर पारेर बिर्तामोडमा श्री कृष्ण रथयात्रा को आयोजना गर्न लागिएको हो । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन…
ताप्लेजुङ साउन ३० ।। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वाड नं ६ मा गएराति गएको पहिराले दुई वटा घर बगाएको छ । पहिराले कञ्चनजङ्गा आधार शिविर जाने पदमार्गमा पर्ने घुन्सा खोलाको पुलसमेत बगाएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिए । पुल नजिकै स्थानीय छिरिङथाक्चे शेर्पाले होटेल सञ्चालन गर्दै आएको घर पहिराले बगाएको हो । उनकै अलैँची बगानमा रहेको अर्को घर पनि पहिराले पुरेको वडाध्यक्ष शेर्पाले बताए । होटेल सञ्चालक शेर्पा आज दिउँसो सदरमुकाम गएको र होटलमा रहनुभएकी उनकी छोरीसमेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति नभएको बताइएको छ । “साँझदेखि नै पानी पर्न सुरू भएको थियो, राति करिब २ बजेपछि पहिराले दुई…
बिर्तामोड साउन ३० ।। पुर्व पश्चिम राजमार्ग अन्तर्गत बुट्टाबारी चारअलि सडक खण्डमा मोटरसाइकलको ठक्कर बाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । अन्य दुईजनाको गम्भिर अवस्थामा उपचार भईरहृको छ । मेचीनगर-१३ कालिझोडामा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको मे.६ प. ८३२० नम्बरको मोटर साईकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घट्नामा पैदलयात्री नाम थर खुल्न नसकेको ३६ बर्षको पुरुष घाइते भएका थिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । बोल्न नसक्ने गरि घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेका मोटर साईकल चालक सवार मेचीनगर-१३ का मन्दिप मेचेको दुबै हात र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ…