Susandesh Khabar

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

   बिर्तामोड असोज २७ ।। पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हिजोरती पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले जाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो । घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइ  प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

  मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन…
Read More
दशैंको टिका – आज दोस्रो दिन।

दशैंको टिका – आज दोस्रो दिन।

झापा। आज नेपालीहरूको महान् चाड बिजया दशमीको टीकाको दोस्रो दिन पनी टिका र जमरा लगाउने क्रम जारी रहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार आज पनी टिका लगाउने क्रम जारी रहेको हो। मान्यजन टाढा टाढा हुनेहरू आजदेखि पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने चलन रहेको छ। त्यसो त कतिपय ठाउँमा टिका लगाउने दिनका बारेमा फरक भएको पाइन्छ। कुनै ठाउँमा हिजो अर्थात् विजया दशमीको दिनमात्र टीका लगाएको पाइन्छ तर असनका बासिन्दाले चाहीँ आज टीका थाप्दैछन् ।हरेक वर्ष असोज शुक्ल एकादशीका दिन त्यहाँका स्थानिय बासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा…
Read More
यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान ११:३६ मा 

यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान ११:३६ मा 

  बिर्तामोड असोज २५ ।। यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान११:३६ मिनेटमा   रहेको  पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ। तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ। भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो…
Read More
वर्षाका कारण सार्वजनिक यातायातमा ७२ करोड भन्दा बढीको क्षति

वर्षाका कारण सार्वजनिक यातायातमा ७२ करोड भन्दा बढीको क्षति

काठमाडौं। २४ असोज।। यसै महिनाको दोस्रो साता  देशभर अविरल वर्षा भएको थियो। वर्षाका कारण देशका यातायातका क्षेत्रमा समेत धेरै मात्रामा क्षति भएको छ। पानी छोटो समयमा धेरै परेका कारण बाटोघाटोमा बाढी पहिरोले सार्वजनिक यातायातमा ७२ करोड भन्दा बढीको क्षति भएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अविरल वर्षाका कारण ७२ करोड ९८ लाख ८० हजार बराबरको क्षति भएको जानकारी दिएको हो । बाग्मती टिपर व्यवसायी संघको २७ करोड, नेपाल ट्रक टिपर व्यवसायी संघको २० करोड, महाकाली व्यवसायी बहुउदेश्यीय कम्पनी प्रालिको ६ करोड ६५ लाख र रसुवागढी नाकामा चार करोड बराबरको क्षति भएको जनाइएको छ । त्यसैगरी पश्चिम नेपाल यातायात बस…
Read More
लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

लिङ्कन मन्टेश्वरी स्कुलमा बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम

  बिर्तामोड ।।   झापाको बिर्तामोड-३ मा सञ्चालित लिङ्कन मन्टेश्वरी स्कुलले बडादशैंको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कोशी प्रदेशका खानेपानी सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा आज विद्यालयमा बालबालिकासँग शुभकामना आदान-प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री कार्कीले विद्यालयमा अध्ययनरत साना-साना बालबालिकालाई टीका र जमरा लगाइदिएर आशीर्वाद दिएका थिए । मन्टेश्वरी माध्यमबाट अध्ययन हुने सो विद्यालयमा हाल ४० जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । ६ जना शिक्षक कर्मचारी रहेको  विद्यालयका सञ्चालक सरोज पौडेलले जानकारी दिए । कार्यक्रममा बिर्तामोड-१ का वडाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, हिसान झापा सचिव देबेन्द्र हुमागाई, प्याब्सन बिर्तामोड…
Read More
न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

न्युटन्स् एजुकेसन एकेडेमीको दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  बिर्तामोड असोज २३ ।। बिर्तामोडमा अवस्थित न्युटन्स् एजुकेसन एकेडेमीले दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आज विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।अभिभावक संघ एकाई अध्यक्ष नरेश भट्टराईको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईं, आबद्ध साकोसका व्यवस्थापक पर्वत चिमरिया, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेल, विद्यालयका इञ्चार्ज नोयल परेरा, अभिभावक, शिक्षक लगायतको उपस्थिति रहेको थियो । उक्त अवसरमा २०८१ को उत्कृष्ट शिक्षक मनिषा श्रेष्ठलाई १० हजार रुपैँयासहित सम्मान गरिएको थियो । सो अबसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक हुमागाईंले विद्यालयप्रति जिम्मेबार र लगनशिल भएर काम गर्न आग्रह गरेका थिए…
Read More
वरिष्ठ गीतकार विश्व बल्लभको  निधन

वरिष्ठ गीतकार विश्व बल्लभको निधन

  काठमाण्डौ ।। वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो । गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार थापा बल्लभको उपचारार्थ अर्थ संकलनमा सक्रिय रहेका थिए । बल्लभको पार्थिव शरीरलाई बुधबार दिउँसो १ बजेपछि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ । लामो समय रेडियो नेपालका जागिरे बल्लभका दुई छोरी छन् । उनकी श्रीमतीको दुई वर्षअघि क्यान्सरले निधन भएको थियो । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर बल्लभका सहोदर भाइ हुन् । विश्व बल्लभले तारादेवीले…
Read More
राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा पत्रकार अर्जुन राजवंशी चयन 

  बिर्तामोड । असोज २२।। राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा झापाली पत्रकार अर्जुन राजवंशी चयन  भएका छन् । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले आज मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार  राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाले राजवंशी समाज विकास समितिको विधानअनुसार मनोनित समेत गरी २५ सदस्यीय युवा समिति गठन गरेको हो । राजवंशी युवा समितिको उपाध्यक्ष पुरुषतर्फ विक्रम राजवंशी, उपाध्यक्ष महिलातर्फ पिङ्की राजवंशी, महासचिवमा प्रशान्तकुमार राजवंशी, दुई जना सचिवमा कपिलदेव राजवंशी र मेनुका राजवंशी तथा कोषाध्यक्षमा अनिल राजवंशीलाई सर्वसम्मत चयन गरेको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए…
Read More
वर्षा रोकिएसँगै सप्तकोशीमा जेटबोट…..

वर्षा रोकिएसँगै सप्तकोशीमा जेटबोट…..

सुनसरी। २२ असोज।। वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछी जेटबोट सञ्चालनमा ल्याइएको छ । सुनसरीको चतरास्थित सप्तकोशी नदी भएर आवतजावत गर्न यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले जेटबोट सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिएका हुन्।उनका अनुसार वर्षा रोकिएसँगै सप्तकोशीमा जलसतह र बहाव घट्दै गएपछि पुनः जेटबोट सञ्चालन सुरु गरिएको हो। दसैँका बेलामा जेटबोटको माध्यमले चतराबाट १० मिनटमा भोजपुरसम्मको यात्रा गर्न सकिने जनाइएको छ । चतराबाट बराहक्षेत्र हुँदै भोजपुरको सिमाना हतुवागढीसम्म उक्त बोट सञ्चालन हुँदै आएको छ । यस वर्ष पनी बर्खा समय सुरु भएसँगै सप्तकोशीमा जेटबोट सञ्चालनका लागि सुनसरी प्रशासनले रोक लगाएको थियो ।
Read More