Susandesh Khabar

Day: २०८२ बैशाख २५, बिहीबार

सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा

सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा

सन्दिप स्याम्चेन धादिङ ,उत्तरी धादिङको रुबिभ्याली,खनियाबास गाउँ पालिका र छिमेकी जिल्ला नुवाकोटको सिमानामा रहेको धार्मिक पर्यटकीय स्थाल सिङ्ल्हा म्हानेमा हुने २ दिने सिङ्ल्हा महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको महोत्सव संयोजक मङ्गा बहादुर तामाङले जानकारी गरायो। सिङ्ल्हा म्हाने पर्यटकिय धार्मिक तथा ऐतिहासिक स्थल भएकाेले त्यहाँ स्थानिय संस्कृतिकाे प्रचारप्रसार नै मुख्य उद्देश्य रहेकाे तामाङले बताउनुभयाे । हालसम्म प्रथम सिङ्ला पर्यटन मेला २०८२ काे तयारी ९० प्रतिशत सम्पन्न भएकाे र २६ गते सम्ममा सबै तयारी पुराहुने आयाेजकले जनाएकाे छ ।  
Read More