बिर्तामोड, २४ भदौ : बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो । बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।…
बिर्तामोड, २४ भदौ : बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फुलका विरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ। बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरीएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्कीसकेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गर्नु भयो । उहाँले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि…
बिर्तामोड, २४ भदौ : मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ । आज (सोमबार) बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह-सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह-कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ । ढुवानी व्यवसायी…
झापा।भाद्र २४ ।। झापाको दोमुखामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईमध्ये एकजनाको सब फेला परेको छ। भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए। ‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सकेनन्’ फुयलले भने ।दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि…
काठमाण्डौ – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले हिजोदेखि लागू हुने गरी आउँदो असोज ४ गतेसम्म कामाडौँमा -पोखरा विमानमार्फत यात्रा गर्दा एउटा किन्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।
पाँचथर ।।पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ । घरबाट घोडा चढेर खेत गएका कुम्मायक–१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए । केही दिन अघिदेखि नियमित औषधि सेवन…
काठमाडौं । चेक बाउन्स (चेक अनादर) सम्बन्धी मुद्दामा दोषीलाई अब १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । १५ लाख रुपैयाँसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोड सम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादरमा दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको हो । सिंहदरबारमा आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफाबार छलफल भएको थियो । सो क्रममा चेक अनादर भएको प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख गर्ने सहमति भएको हो । २०८० साउन…
दमक ।।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए । त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा…
दमक झापा ।। झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आज सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो । मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा…
झापा ।। आज भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार आज ऋषिपञ्चमी पर्व मनाउँदैछन्। सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ। सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले…