Susandesh Khabar

समाचार

बिरिङ पुलमा सवारी दुर्घटना,  एक ब्यक्ति घाइते

बिरिङ पुलमा सवारी दुर्घटना, एक ब्यक्ति घाइते

  बिर्तामोड असार २९॥ पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा सवारी दुर्घटनन हुँदा एक ब्यक्ति पुलमुनि खसेर घाइते भएका छन् । कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खोलामा खसेका थिए । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कनकाई– ३ स्थित नमुना टोलका ४५ का देबेन्द्र बस्नेत पुल माथिबाट खोलामा खसेर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । घाइतेको बिर्ताामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको…
Read More
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

  एजेन्सी।। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । र्‍यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो । पेन्सिल्भेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्‍यालीमा भएको घटनाको सन्दर्भमा, सीबीएस न्यूजले अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले गोलीबारी लगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताएको छ । गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित नै छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ ।    
Read More
कोपा अमेरिका २०२४:क्यानाडालाई  पराजित गर्दै उरुग्वे तेस्रो

कोपा अमेरिका २०२४:क्यानाडालाई पराजित गर्दै उरुग्वे तेस्रो

  उरुग्वेले कोपा अमेरिका २०२४ मा आइतबार क्यानाडालाई टाइब्रेकरमा ४–३ पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टिमबीच यो खेल भएको हो । पेनाल्टीमा उरुग्वेका लागि चारै प्रहार गोलमा परिणत गरेको थियो । क्यानडाका लागि भने इस्माल कोने गोल गर्न चुके । उनको प्रहारलाई सर्जिओ राचेटले रोकेका थिए । यस्तै अल्फोन्सो डाभिसको प्रहार पोस्टमा लागेको थियो ।निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगेको थियो र त्यससँगै खेल सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । उरुग्वेले आठौं मिनेटमा रोड्रिगो बेन्टकरको गोलले अग्रता लिएको थियो । पहिलो हाफको २२ औ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो र कोनेको नाममा रह्यो । जोनाथन डाभिडले ८०…
Read More
यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, डा गुरुङलाई प्रदान

यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, डा गुरुङलाई प्रदान

  मेचीनगर,असार २९॥ यस वर्षको भानु साहित्यिक राष्ट्रिय पुरस्कार संस्कृतिविद, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा ।डा । जगमान गुरुङलाई प्रदान गरिएको छ । २११ औँ भानु जयन्तीको अवसरमा काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आयोजना गरेको कार्यक्रममा आयोजित एक कार्यक्रममा गुरुङलाई नगद १ लाख एक हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री एकराज कार्की र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष डिल्लीराम घिमिरेको अध्यक्षता भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका बारेमा अग्रज सञ्चारकर्मी चन्द्र भण्डारीले प्रकाश…
Read More
स्वर्गीय  लिम्बुको परिवारलाई आर्थिक सहयोग

स्वर्गीय लिम्बुको परिवारलाई आर्थिक सहयोग

  बिर्तामोड,  असार २९ ॥ सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का स्वर्गीय राजुमान लिम्बुको परिवारलाई आर्थिक सहयोग गरेको छ । असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बुको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो । एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली स्वर्गीय लिम्बुको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी  श्रीमती रिना लाओती ( मगर)लाई सहयोग हस्तान्तरण गरेको हो । एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिब नेपालले जानकारी दिए ।
Read More
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकालागि सोनार क्यामरा र वाटर ड्रोन प्रयोग

त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजीकालागि सोनार क्यामरा र वाटर ड्रोन प्रयोग

  चितवन असार २९॥ नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसको खोजीका लागि सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । हिजो साँझ स्थगित गरिएको खोजी कार्य आज बिहानैदेखि सुरु गरिएको हो । पाइपलाइन इन्फेक्सन मार्फत सोनार क्यामेराको प्रयोग गरेर खोजी कार्य थालिएको प्रहरीले जानकारी दिए । शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो । तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए ।
Read More
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

  झापा असार  २९॥ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती शनिबार देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए। उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ। तत्कालीन श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका थिए। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। वधुशिक्षा’ उनको अर्को…
Read More
सरकारमा दाबी पेश गर्न शीतल निवास पुगे ओली–देउवा

सरकारमा दाबी पेश गर्न शीतल निवास पुगे ओली–देउवा

  काठमाडौं  असार २८॥ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएसगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नयाँ सरकार गठनका लागि दाबी पेश गर्न शीतल निवास पुगेका छन् । उनीहरु शुक्रबार राति सव ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् । शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् । पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका…
Read More
विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त

  काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विश्वासको मत पाउन असफल भएका छन्। प्रधानमन्त्री दाहाललाई ६३ जना सांसदले मात्रै विश्वासको मत दिए। विश्वासको मतको विपक्षमा १९४ सांसदले मतदान गरे। एक जना तटस्थ बसे। आजको बैठकमा २५८ जना सांसद उपस्थित थिए। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ। विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएक हुन। एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । समर्थन फिर्ता लिएर नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री…
Read More