बिर्तामोड, असार २६ ॥ बिर्तामोडमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालनका लागि बिर्तामोड नगरपालिका र करुणा फाउण्डेसनविच मंगलबार सम्झौता भएको हो। सम्झौतामा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, महिला विकास अधिकृत पुष्पा कार्की र साझेदार संस्था करुणाको तर्फबाट कार्यकारी निर्देशक दिपकराज सापकोटा, व्यवस्थापक सन्तोष घिमिरेलगायतले हस्ताक्षर गर्नु भयो । नगर प्रमुख प्रसाईले कार्यक्रमलाई सफल बनाउन सबैलाई सुझाब दिनुभयो ।उहाँले अपाङ्गता रोकथाम तथा पुन:स्थापनाका लागि जटिलताहरु धेरै भएपनि प्रयास आवश्यक रहेको धारणा राख्नुभयो । पहिलो एक वर्षको प्रगतिका आधारमा कार्यक्रमलाई थप अगाडि बढाइने नगर…
एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनलका क्यानडा माथि २-० को जित हात पार्दै अर्जेन्टिनाले उपाधि रक्षा यात्रा कायम राखेको हो । अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरे । जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । रोड्रिगो डे पलको सुन्दर थ्रु-पासमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । अर्जेन्टिनाले दोस्रो गोलका ५१औं मिनेटमा गरेको थियो। एन्जो फर्नान्डेजको प्रहार गोललाइन नजिकबाट मेस्सीले पोस्टतर्फ नै प्रहार गर्दै प्रतियोगितामा आफ्नो पहिलो गोल गरेका थिए । अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र…
युरो कप २०२४ को पहीलो सेमिफाइनलमा फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको छ। म्युनिखमा भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २–१ को पुनरागमन जित दर्ता निकाल्दै स्पेन १२ वर्षपछि युरोको फाइनलमा पुग्न सफल भएको हो। नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लियो। किलियन एमबाप्पेको सुन्दर क्रसमा रान्डाल कोलो मुआनीले हेडर मार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। २१औं मिनेटमा स्पेनले बराबरी गोल गर्यो। गोल गर्ने खेलाडी थिए १६ वर्षीय लामिन यमाल। बक्स बाहिरबाट उनले गरेको उत्कृष्ट प्रहारले पोस्टमा लागेर जाली चुमेको थियो। २५औं मिनेटमा स्पेनले अग्रता लियो। जिसस नाभासको क्रस क्लियर भएपछि बक्स भित्र नै ड्यानी ओल्मोको खुट्टामा पुगेको थियो।…
बिर्तामोड असार २५॥ कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जीतेको छ । आज भएको फाइनल खेलमा भोजपुरलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा १–० गोलअन्तरले भोजपुरलाई हराउदै झापाले उपाधिमाथि कब्जा जमाएको हो । झापाको जितमा जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् । फाइनल खेलको वुमन अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् । बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् । यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् । झापाकी…
झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
विराटनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्। कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन्। उनीहरु तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ। घाइतेहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हिजो दिउँसो अर्को समूहसँग बाटो हिंड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड…
नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।
तनहुँ जिल्लाको शुक्लागण्डकी ७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् । अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर…
भद्रपुर असार २३ ॥ बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै युवाहरूले झापाबाट निर्वाचित भएका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन गरेका छन् । झापाको सदरमुकाम जोड्ने मुख्य सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा शनिबार मात्रै धान रोपेर विरोध जनाएका युवाहरूले आज यस क्षेत्रबाटै निर्वाचित भएका नेताहरुको फोटोमा ‘लापता’ लेखेर विरोध जनाएका हुन् । युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आज (आइतबार) दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भार हुने आश्वासन दिएका छन् । सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ । यो सडक बनाउन…