अर्जुनधारा असार २०॥ अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन् ।नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देनले जानकारी दिए । शल्यक्रियासहितको आमा तथा नवजात सिसु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ । नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए । उपकरण खरिदमा यस क्षेत्रका…
काठमाडौं असार १९।। नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । कांग्रेससँग नयाँ सरकार बनाउने सहमति भएको भन्दै एमालेले आजसम्मको समय दिएर प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । एमालेले आजै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने भएको छ । प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर…
चितवन असार १९॥ बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका–६ खोलेसिमलस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका–७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका–७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका–४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका–६…
काठमाडौं असार १८ ॥ साल्ट ट्रेडिङ कर्पोरेशनले नुनको मूल्य बढाएको छ। कर्पोरेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आजै राति १२ बजेदेखि लागू हुने गरी नुनको मूल्य बढाएको हो। अब आयो नुन एक केजीको प्याकेटको २६ रुपैयाँ पर्नेछ। यसअघि उक्त नुनको मूल्य प्रतिकेजी २३ रुपैयाँ थियो। यस्तै न्यू शक्ति नुनको मूल्य प्रतिकेजी १७ रुपैयाँबाट २० रुपैयाँ पुर्याइएको छ। भानु नुन प्रतिकेजी ९ रुपैयाँ यथावत छ।
बिर्तामोड असार १८॥ झापाको बिर्तामोडस्थित न्यूटन्स एजुकेशन एकेडेमी अध्ययनका लागि अभिभावक र विद्यार्थीको मुख्य रोजाइमा पर्ने गरेको छ । हरेक अभिभावकको चाहना आफ्ना सन्तानलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हुन्छ । छोराछोरीको भविष्य सुन्दर बनाउन अभिभावक उत्कृष्ट र स्थापित विद्यालयको खोजीमा रहेका हुन्छन् । न्यूटन्स एजुकेशन एकेडेमीमा दक्ष शिक्षकबाट गुणस्तरीय माध्यमले पढाई हुने भएपछि विद्यार्थीको आकर्षण बढेको हो । बिधालयले एसईई परिक्षामा उत्कृष्ट नतिजा निकाल्दै आएको छ । यस बर्षको एसईई परिक्षामा ९४ ।६९ प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ भने गत बर्ष जिल्लामै उत्कृष्ट समेत भएको थियो । एकै छानामुनी कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने…
ईलाम असार १८।। ईलामोको रोङ गाउँपालिकाले दूरदराजमा रहेका प्रतिभाको खोजी गर्न आयोजना गरेको प्रतिभा खोज कार्यक्रम 'रोङ गट ट्यालेन्ट'मा १५ जना फाइनलमा प्रवेश गरेका छन् । गायन, नृत्य र कविता विधामा पाँच/पाँच गरी १५ जनाले फाइनलको यात्रा तय गरेका हुन् । तीनवटै विधामा ३२१ प्रतियोगीलाई पछि पर्दै उनीहरू फाइनलमा प्रवेश गरेका हुन् । फाइनलमा प्रवेश गर्नेहरूमा कविता विधामा सामुएल गजमेर , अनिस राई , तिलकराज कोइराला , तेजकुमार चौलागाईं र सुस्मा राई फाइनलमा प्रवेश गरेको रोङ प्रतिभा खोज निर्देशक समितिले जनाएको छ । यस्तै, गायन विधातर्फ सौगात सुब्बा , हर्कमान सुन्दास , एलिना राई, अर्जुन खड्का र देवधन…
काठमाडौं असार १८॥ नेपाली कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएपछि मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्तामा ओलीले प्रचण्डलाई सरकारबाट राजीनामा दिएर नयाँ समीकरणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। ओलीलाई प्रचण्डको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘प्रचण्डजी तपाईं राष्ट्रिय नायक हो । राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस्, हामी नयाँ सरकार बनाएर देखाउने छौँ।’ ओलीले प्रचण्डलाई नेपाली जनताको आवश्यकता र महत्वका आधारमै नयाँ समीकरण बनेको बताउँदै यसले संविधानका नराम्रा पक्षलाई सुधारेर निर्वाचन प्रणालीलाई सापेक्ष बनाएर लैजाने बताएका थिए । जवाफमा प्रचण्डले आफूले संविधानअनुसार ३० दिनभित्रमा विश्वासको…
उर्लाबारी असार १८।। मोरङको उर्लाबारीमा सोमबार साँझ टिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने उनका ९ वर्षीय छोरा घाइते भएका छन्। बागमती प्रदेश ०३–००१ क १०९० नम्बरको टिपरले प्रदेश १–०१–०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार उर्लाबारी–६ की २७ वर्षीया सीता बोहोराको मृत्यु भएको हो। उनका छोरा प्रशान्त घाइते छन्। तीव्र गतिमा रहेको टिपरको ठक्करबाट घाइते बोहोराको उपचारका क्रममा मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरमा साँझ साढे सात बजे मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले वताए। प्रशान्तको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ। छोरालाई स्कुटरमा पछाडि राखेर तरकारी किन्न निस्किएकी सीता करिव…
काठमाडौं असार १८॥ प्रतिनिधि सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिच सोमबार मध्यरातमा सत्ता सहकार्यका लागि सहमतिमा हस्ताक्षर भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने महत्त्वपूर्ण विषयमा सहमति भएको हो । शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेका एक नेताले जानकारी दिए । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको…
रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जिपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धारमा खटिएको थियो ।दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको…