बिर्तामोड। असोज २।। आजबाट सोह्र श्राद्ध सुरु भएको छ । बुधबार आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैँन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन् । यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार…
बिर्तामोड असोज १।। पूर्वी नेपालको ढुवानी व्यवसायमा अग्रस्थानमा रहेको पूर्वेली ढुवानी सेवाले आज विधिवत रुपमा विश्वकर्मा पूजा सम्पन्न गरेको छ। बिर्तामोड –६ स्थित बुट्टाबारीमा २५ वढी ट्रक र अन्य सवारी साधन हरु एकै स्थानमा राखेर भव्यरुपमा विश्वकर्मा पूजा गरेको हो । रिबन फूलपाती बेलुन ले सजीसजाउ पारिएका गाडीलाई पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले ब्राम्हण सहित मन्त्रोचारण गरी फुलपाती, अक्षताले पूजा आराधना गरेर विश्वकर्माको पूजा गरेका हुन् । आज फलामबाट बनेका औजार तथा सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । सुनसरीको इटहरीमा…
बिर्तामोड, ३१ भदौ : बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाईने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंगछलफल गरेको हो । बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको…
भद्रपुर भाद्र ३० ।। कोशी प्रदेशस्तरीय पुरुष भेट्रान्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि राजधानी ब्याडमिन्टन क्लबका जीवन बोगटी र सुनसरीका श्रवणकुमार चौधरीको जोडीले जितेका छन। आइतवार भएको फाइनल खेलमा विराट ब्याडमिन्टन क्लबका चन्द्रकुवेर खापुङ र उत्तम सिंखडालाई हराउँदै बोगटी र चौधरीले उपाधि जितेका हुन् । सुरुवाती सेटमा १४–२१ को अग्रता लिए पनि दोस्रो र तेस्रो सेटमा २१–१७ र २१– १४ को पराजय भोगेपछि खापुङ र सिंखडा दोस्रोमा सीमित भए । उपाधिसँगै भेट्रान्स डबल्स विजेता बोगटी र चौधरीले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाए । उपविजेता बनेका खापुङ र सिंखडाले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल पाएको आयोजक…
काठमाडौँ ।। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।
बिर्तामोड ।। झापाको बिर्तामोडस्थित महानन्द चोकमा अपरिचित एक युवाको छुरा प्रहार बाट एक युवतीको मृत्यु भएको छ । आहिले साँझ भएको घटनामा गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो । अपरिचित युवाले उनलाई पक्रिएर लगातार घाँटी छाती र पेटमा छुरा प्रहार गरेका थिए । घटनापछि ती युवा घटनास्थलबाट भागेका थिए। उनलाई अर्जुनधारा ६ मा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ती युवा युवती कहाँका हुन् ,? हालसम्म सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाको कारण पनि थाहा हुन नसकेको जनाएको छ ।
बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले संक्रमण नियन्त्रणका लागि सबैले आ-आफ्नो क्षेत्रबाट जुट्नु पर्ने बताउनु भयो । वडा कार्यालय तथा टोलविकास संस्थाहरुसंगको समन्वयमा जनचेतनामुलक, रोकथाम तथा नियन्त्रणका कार्यक्रमलाई तत्काल अघि बढाइने बताउनु भयो । बिर्तामोडमा डेंगु संक्रमितको संख्या ९८ जना पुगेको छ ।यसमध्ये वडा नम्बर ४ का एक बालकको मृत्यु भएको स्वास्थ्य शाखा बिर्तामोडका सिनियर अहेब दिपक सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय झापाका…
पोखरा ।। बागलुङमा आज शुक्रबार बिहान भएको सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ…
बिर्तामोड ।। झापाको शिवसताक्षी नगरपालिकामा भाइको हत्या आरोपमा मृतकका दाजुलाई प्रहरीले पक्राउ गरेको छ । गएराति शिवसताक्षीमा एक व्यक्तिको हत्या भएको थियो । शिवसताक्षी ८ शितल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापामगरले बताए । उनले मृतकको शवलाई पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको जानकारी दिए । गएराति करिव ९ बजे घरको पछाडिपट्टि उतानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने…
बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ…