भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठूलो सङ्ख्यामा मानिसहरू फसेको आशंका छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको…
बिर्तामोड साउन१६।। लागुऔषधसहित दमकका तीनजना युवालाई झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए । उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा…
बिर्तामोड साउन १५ ।। झापाको बिर्तामोडस्थित देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार पक्राउ परेका हुन् । बिर्तामोड ४ निवासी पान्डे पूर्वप्रहरी पनि हुन् । कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक अम्विका श्रेष्ठले…
सुरुङ्गा साउन १५।। झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…
बिर्तामोड साउन १५।। आज साउन १५ अर्थात खिर खाने दिन आज खिर खाएर साउन १५ मनाउने गरिन्छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।…
काठमाडौँ साउन १५।। क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् । पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
आर्थिकवर्ष २०८०-८१ मा पूर्वीनाका काँकडभिट्टा बाट दुई अर्ब ९६ करोड ४१ लाख ९४ हजार मूल्य बराबरको ९९ हजार आठ सय एक मेट्रिक टन काठका सामान भारत निर्यात भएको छ । पूर्वीपहाडको खेतबारीमा उत्तिसलगायत छिटो हुर्किने बिरुवा लगाएर प्लाइउड उत्पादन हुँदै आएको छ । काठको पाताबाट भेनियर उड उत्पादन हुने र भेनियर उडलाई प्रशोधन गरेर प्लाइउड बनाउने गरिन्छ । सोही अवधिमा २४ करोड १९ लाख ३४ हजार मूल्य बराबरको २१ हजार नौ सय ९४ मेट्रिक टन भेनियर उड भारत निर्यात भएको थियो भने दुई अर्ब ७१ करोड ९९ लाख २० हजार मूल्य बराबरको ७७ हजार सात सय १२ मेट्रिक टन प्लाइउड निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवले जानकारी…
बिर्तामोड साउन१३ ।। खाल्डोमा जमेको पानीमा डुबेर झापामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा गाउँपालिका–१ सालमाराका चिकूँ मियाका १० वर्षीय छोरा मोहम्मद दिलसाद मिया रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शनिबार बिहान ११ बजे खेल्न हिँडेका दिलसाद घरदेखि ५०० मिटर पूर्वपट्टि रहेको नजिर मियाको खाली जमिनको खाल्डोमा डुबेको अवस्थामा मृत फेला परेका थिए। स्थानीय लमिजो मियाले दिउँसो ३ बजे डुबेको देखेपछि आफन्तलाई खबर गरेका थिए । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान गरिरहेको जनाइएको छ ।
गोरखा साउन १३।। गोरखाको धार्चे गाउँपालिका– ५ रिसामा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्। घटनामा २ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा ५ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा जीत बहादुर गुरुङ, कान्छी गुरुङ, सुलाल गुरुङ, रमेश गुरुङ र ट्रयाक्टर चालक रमेश परियार छन् । ८ जनाले भने भागेर ज्यान जोगाएका थिए । पहिरोमा परी स्थानीय छमबहादुर गुरुङ र मीनबहादुर गुरुङ घाइते भएका छन् ।वेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली…
अर्जुनधारा साउन १२।। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाईसहित वृक्षारोपण गरेको छ । युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि युवा संघकी स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले प्रकृति संरक्षणका लागि युवा संघले हरेक महिनाको शनिवार वृक्षारोपण गरिने बताइन् । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा वृक्षारोपण भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका…