मकवानपुर असोज १९।। मकवानपुर प्रहरीले करिब साढे ११ करोडको अवैध सुन सहित दुई भारतीयलाई पक्राउ गरेको छ। नेपालीका ठूला चाडपर्व नजिकिँदै जाँदा हेटौंडामा अवैध सुन अनेक उपाय अपनाएर भित्र्याउने क्रम बढेपछि प्रहरी चनाखो भएको छ । मकवानपुर प्रहरीले शनिबार विहान ११ करोड बढीको अवैध सुनसहित हेटौंडामा २ भारतीय नागरिकलाई पक्राउ गरेको हो । प्रहरीले पूर्वपश्चिम सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८ सय ७८ रुपियाँको अवैध सुनसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघङ्ची थाना पुजारबाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली…
बिर्तामोड झापा।। आजबाट बडा दशैं सुरु भएको छ। बडा दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत बिहान ९ बजेर १६ मिनेटमा रहेको छ। देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाका दिन विधिपूर्वक जौलाई चोखो बालुवासहितको पञ्चमाटोमा छर्ने र टीकाको साइतमा त्यही जमरा प्रसादका रुपमा प्रयोग गर्ने परम्परा छ। नवरात्रको पहिलो दिन बिहानै नित्य कर्म समाप्त गरी नजीकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि यव जौ रोपिन्छ। यव अङ्कुर दुर्गा देवीको…
अमेरिकाले सन २०२६ का लागि अमेरिकाको डाइभसिर्टी भिसा अर्थात् डीभी आजबाट खुलाएको छ । नेपाली समय अनुसार आज राति ९ः४५ बजेबाट आवेदन दिन सकिनेगरी अमेरिकाले डीभीको आवेदन खुला गरेको हो । नेपालस्थित अमेरिकी दूतावासले जनाएअनुसार अक्टोबर २ अर्थात् आज राति ९ः४५ बजेबाट आगामी नोभेम्बर ५ को राति १०ः४५ सम्म आवेदन दिन सकिनेछ । निशुल्क आफैँ dvprogram.state.gov मा गएर तोकिएको समयभित्र जुनसुकै बेला पनि आवेदन दिन सकिने दूतावासले जनाएको छ । त्यसैगरी आवश्यक प्रक्रिया पूरा गरेका आवेदकहरुमध्येबाट निष्पक्ष रुपमा नतिजा प्रकाशन गरिने समेत दूतावासले जनाएको छ । त्यस्तै एक व्यक्तिले एकपटक मात्रै डीभी भर्न पाउनेछ । साथै अघिल्लो वर्ष खिचिएको तस्बिरलाई नै…
बिर्तामोड। माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । झापाको गौरीगंज गाउँपालिका-३ बाइसे टोल बस्ने ३६ वर्षीय राम कुमार गिरीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको हो । आफ्नै घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न खेतमा रहेको पानी तान्ने विद्युतीय मोटरको तार खोली खोलामा लगाउँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लाइफ लाइन अस्पताल दमकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्। असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए। ताप्लेजुङ…
काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।…
बिर्तामोड असोज १३।। नेपालीहरूको महान चाड दशैं तिहार आउन अब केही समय मात्र बाँकी छ। दसैं तिहार नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्। झापाको मेची नगरपालिका र भद्रपुर नगरपालिका संग जोडिएको भारतीय बजारमा अहिले चाड पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको भारतीय बजार पानी ट्याङ्कीमा सामान किन्न आएका नेपालीहरू को भनाइ छ किनमेल गर्न सीमावर्ती पानी ट्याङ्की बजार आएकी बिर्ता मोड ५ की बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। नजिकिँदै…
धादिङ । निरन्तर बर्षाका कारण धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा ३ वटा गाडी पुरिँदा हालसम्म ३० भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परि एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएको थियो । चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको धादिङ प्रहरीले जनाएको छ । उक्त माइक्रो बसबाट १३ जनाको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । थापाकाअनुसार उक्त माइक्रो बसबाट ४ महिला र ९ पुरुषको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको शंकामा खोजी कार्य जारी रहेको छ ।…
एजेन्सी ।। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ । डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको…
बिर्तामोड, १२ असोज : बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका…