Susandesh Khabar

दुर्घटना

वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर दमकमा एकजनाको मृत्यु

  बिर्तामोड ।। अविरल वर्षासँगै परेको चट्याङ लागेर झापामा एकजनाको मृत्यु भएको छ। झापा दमममा बस्दै आएका कुमार मोतेको चट्याङ लागेर मृत्यु भएको हो। हिजो राति १० बजे भान्सा कोठाअगाडि उभिएको अवस्थामा चट्याङ लागेर बेहोस भएर लडेका मोतेको उपचारको क्रममा मृत्यु भएको हो । दमक–४ घर भई मोरङको मिक्लाजुङ–३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउन गएका ३६ वर्षीय कुमार मोतेको दमक अस्पताल राति ११ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read More
ओमानमा  सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु

ओमानमा सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु

  झापा ।। ओमानमा भएको सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु भएको छ। निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा झापा घर भएकी समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी  कार अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव…
Read More
बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

बाग्लुङमा सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु

  पोखरा ।। बागलुङमा आज शुक्रबार बिहान भएको सरकारी गाडी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । एक जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार, गलकोट नगरपालिका–२ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको । शव भीरमा भएकाले उद्धारमा कठिनाइ भएको छ…
Read More
पाँचथरमा घोडाबाट लडेर एकजना को मृत्यु

पाँचथरमा घोडाबाट लडेर एकजना को मृत्यु

  पाँचथर ।।पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ । घरबाट घोडा चढेर खेत गएका कुम्मायक–१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए । केही दिन अघिदेखि नियमित औषधि सेवन…
Read More
मोटरसाइकलको ठक्कर बाट बालकको मृत्यु

मोटरसाइकलको ठक्कर बाट बालकको मृत्यु

  सुरुङ्गा ।। झापाको कनकाई नगरपालिका-५ चप्रामारीमा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ। सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४३७० नम्बरको मोटरसाइकलले बिहीबार अपराह्न ५ बजे बाटो काट्दै गरेका ४ वर्षीय आर्यन टुडूलाई ठक्कर दिएको थियो। गम्भीर घाइते उनलाई बिर्ता सिटी अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे। ठक्कर दिने मोटरसाइकल चालक झापा गाउँपालिका-२ का २४ वर्षीय वसन्त मुखियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।  
Read More
मलेसियामा सडक दुर्घटनामा परी अर्जुनधाराका बुढाथोकीको मृत्यु

मलेसियामा सडक दुर्घटनामा परी अर्जुनधाराका बुढाथोकीको मृत्यु

  झापा अर्जुनधाराका गोपाल बुढाथोकीको मलेसियामा मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर २ गाँजाबारी घर भएका  ४१ बर्षीय बुढाथोकीको गत अगष्ट ३१ तरिख (भदौ १५ गते) शनिबार दुर्घटनामा परि मृत्यु भएको हो । शनिबार बेलुका डिउटीबाट फर्कीने क्रममा साइकलमा सवार उनलाई गाडीले ठक्कर दिएको थियो । राती करिब १०ः४५ मा भएको दुर्घटनामा उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ । बुढाथोकी करिब २ बर्ष अघि मलेसिया गएका थिए । हाल उनको शव नेपाल ल्याउनका लागि पहल भईरहेको परिवारले बताएको छ । गोपाल परिवारको एक्लो छोरा थिए । उनको घरमा बुबा–आमा, श्रीमती एक छोरा र एक छोरी रहेका छन्…
Read More
बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते

  बिर्तामोड ।  पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोडस्थित गिरी बन्दु टि–स्टेट छेउमा सवारी दुर्घटना हुँदा  २ जना गम्भिर घाइते भएका छन् । आज साँझ ५ बजे बिर्तामोड बाट चारआली तर्फ जादै गरेको मे १० प ३५४४ नं.को मोटरसाईक र चारालीबाट बिर्तामोड तर्फ आउदै गरेको ना ५ ख ९१२२ नं.को ट्रक एक आपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटना हुँदा मोटरसाईकलमा सवार ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ बर्षीय  रुपेश बुढाथोकीको टाउको र दाहिने खुट्टामा चोट लागेको अवस्थामा र सोहि स्थानका २४ बर्षीय दिवाङकर राईको टाउको र दाहिने खुट्टामा चोट लागि घाईते भएको प्रहरीले बताएको छ । उनीहरुको…
Read More
बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु

  बिर्तामोड , भदौ १५ । झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज साँझ ५:१० बजे बिर्तामोड-५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदी भने सकुशल रहेका छ्न। घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो…
Read More
बाँके मा बस दुर्घटना दुईजनाको मृत्यु २६ घाइते

बाँके मा बस दुर्घटना दुईजनाको मृत्यु २६ घाइते

  नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन…
Read More
नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना, पाँच गम्भीर घाइते

नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना, पाँच गम्भीर घाइते

एजेन्सी : नेपाली तीर्थयात्री बोकेको बस  बिहारको समस्तीपुरमा आज बिहान दुर्घटनामा  परेको  छ। नेपालको बारा जिल्लाबाट नेपाली तीर्थयात्री लिएर  भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आइतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको थियो। बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको  प्रहरिले जनाएको छ। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्‍याएका थिए। भारतीय प्रहरीका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ। उनीहरू…
Read More