Susandesh Khabar

अपराध

जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग

जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग

  बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई उन्मुक्ति दिन नहुने बताएका हुन् । गत भदौ १२ गते बुद्धशान्ति १ होक्सेका बलबहादुर खातीलाई स्थानीय चित्रबहादुर श्रेष्ठ र पुष्पलाल घिमिरेले छुवाछूत तथा भेदभावपूर्ण व्यवहार गरेको मुक्ति समाजका नेता सोमनाथ पोर्तेलले बताए । ‘बले कामीको अनुहार हेरेर लोधर लाग्यो’ भन्र्दै भिडियो बनाएर सामाजिक सञ्जालमा पोष्ट गरिएको थियो । चित्र श्रेष्ठको नामबाट फेसबुकमा पोष्ट गरिएको भिडियोले समग्र दलित समुदायमाथि विभेद गरेको भन्दै जातीय विभेद गर्नेहरुलाई कानुनी कारबाहीको माग गरिएको छ…
Read More
झापा मेचीनगरकी तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु

झापा मेचीनगरकी तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु

  झापा ।। झापाको मेचीनगर-१४ की चेली तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सबैभन्दा ठुलो शहर सिड्निदेखि केहीदुरिमा रहेको हाइट पार्कछेउको फिलिप्स पार्क परिषरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार `एभरेस्ट बुचरी´मा पार्टटाइम काम गर्दै आएकी थिइन् । भने उनको श्रीमान् रबि प्रसाईं सोही `बुचरी´ घरको पछाडिको फ्लोरमा रहेको एक कन्सल्टेन्सीका इन्जिनियर हुन् । अघिल्लो दिन रबि र तुलनामाया सँगै डिउटी जाने र सँगै फर्केका थिए । अर्कोदिन (८ सेप्टेम्बर) भदौ २३ गते सँगै डिउटी समयमा आफ्नो कार्यकक्षबाट बुचरीको अगाडि काउण्टर सोझै देखिन्थ्यो…
Read More
गौ हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक

गौ हत्यामा संलग्न चारजना पक्राउ गरी सार्वजनिक

  दमक ।।झापाको दमकमा भएको गौ हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा तीनजना भुटानी शरणार्थी र एकजना स्थानीय महिला रहेका छन् । पक्राउ पर्नेमध्ये दमक नगरपालिका वडा नं. २ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. २ छाप्रो नम्बर ३३२ बस्ने ४४ वर्षीय प्रेमबहादुर बिष्ट रहेका छन् । उनी यसअघि पनि बिभिन्न मितिमा चोरी, डाँका र केही सार्वजनिक अपराधमा इलाका प्रहरी कार्यालय दमकबाट मुद्दा दर्ता भई कार्वाहीमा परेका थिए । त्यस्तै बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर एथ्री –२०८ बस्ने ३८ वर्षीय खगेन्द्र दुलाल पनि पक्राउ परेका छन् । उनी पनि यसअघि बिभिन्न मितिमा…
Read More
दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

दमक गौ हत्यामा सम्लग्न एक जना पक्राउ

  दमक झापा ।। झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजना पक्राउ परेका छन् । हाल दमक ५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार , जोख्ने तराजु र केही मासुसहित विष्टलाई हिजो दमक प्रहरीले पक्राउ गरेको हो । उनलाई आज सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रहरी स्रोतले जनाएको छ । दमक प्रहरीले सो घटनाका सम्बन्धमा अनुसन्धानका लागि ८ जनालाई बोलाएको थियो । मंगलवार राति दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गाई चोरेर लगेर हत्या गरिएको थियो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा…
Read More
भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

भन्सार छलेर नेपाल भित्राइएको १० लाख मुल्य बराबरको कपडा बरामद

  मेचीनगर । सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा भन्सार छलेर नेपाल भित्राइएको अन्दाजी १० लाख मुल्य बराबरको कपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) बाहुण्डागीबाट खटिएको टोलीले मंगलबार साँझ ५ बजेको समयमा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चोक दक्षिण पिपल चोकबाट उक्त मूल्यबराबरको कपडा बरामद गरेको हो । भारतबाट विभिन्न ब्रान्डको लत्ताकपडा लुकाइछिपाई नेपालतर्फ ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी सुमन पोखरेलले बताए । बरामद गरिएको सामानमा कुर्ता र पाइजामा १३५ सेट, जेन्स भेस्ट २०० थान कुर्ताको कपडा १६ थान (३२० मिटर), ब्लाउजको सादा कपडा…
Read More
उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

उदयपुरमा आमाछोराको हत्या, घटनाको अनुसन्धान गर्दै प्रहरी

  उदयपुर भाद्र २० ।। उदयपुरको कटारी नगरपालिका- १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ।  वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो। वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए। ‘आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको  हो’, वडाध्यक्ष खड्काले भने ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ।’ इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए।  घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तर/पहाडी भेगमा पर्दछ।  वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान अशोक थापा…
Read More
अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

अमेरिकामा एक बालकले अन्धाधुन्द गोली चलाउँदा चारजनाको मृत्यु

  एजेन्सी।। जर्जियाको एक हाईस्कूलमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ । सो घटनामा अन्य नौ जना घाइते भएका छन् । ब्यारो काउन्टीको विन्डरको अपलाची हाई स्कूलमा बुधबार भएको आक्रमणमा दुई विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार करिब १९ सय विद्यार्थी अध्ययनरत विद्यालयमा स्थानीय समय अनुसार बिहान करिब साढे दश बजेको समयमा गोलीबारी भएको थियो । गोली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई प्रहरी अधिकारीले नियन्त्रणमा लिएका छन् । निजलाई हत्याको अभियोग लगाइने भएको छ ।
Read More
भारत पश्चिम बङ्गालमा  बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

भारत पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

  पश्चिम बङ्गाल भारत।।   भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको हो । अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले लतपतिएको शव फेला परेपछि पश्चिम बङ्गालमा विरोध प्रदर्शन सुरु भएको थियो । राज्य विधानसभाले पारित गरेको तर राष्ट्रपतिबाट अनुमोदन हुन बाँकी उक्त कानूनले महिलाविरुद्ध हिंसाको दीर्घकालीन मुद्दाप्रति आक्रोश व्यक्त गरेको छ । भारतको फौजदारी संहिता मुलुकभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म…
Read More
गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

गोठबाट हराएको गाई काटिएको अवस्थामा फेला

  दमक ।। गोठबाट  हराएको गाई काटिएको अवस्था फेला परेको  छ । दमक नगरपालिका वडा नम्वर २ बस्ने ६७ वर्षीय लक्ष्मण बिष्टको वडा नम्वर १ मा रहेको गाईगोठबाट गएराति गाई चोरेर लगेर हत्या गरिएको हो । गोठबाट अकलापुरी ग्रिन सिटी तथा बाबा विश्वकर्मा मन्दिर प्रवेशद्वारको गेटबाट १०० मिटरको दूरीमा गाईलाई मारिएको छ । गाईको छाला तासेर मासु लगिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । विष्टको कोरली गाई कुशल पौडेलको घर अगाडि लगेर काटेको दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाले जानकारी दिए।
Read More
सप्तरीमा नक्कली नोट छाप्ने मेसिन सहित ८ जना पक्राउ।

सप्तरीमा नक्कली नोट छाप्ने मेसिन सहित ८ जना पक्राउ।

  सप्तरी।।  प्रहरीले सप्तरीको भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने मेसिनसहित ८ जनालाई पक्राउ गरेको छ।   विशेष सुराकीको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले छापा मार्ने क्रममा आठ जनालाई पक्राउ गरेको छ भने नक्कली नोट बनाउन प्रयोग गरिने केही सामान पनि बरामद गरेको छ । छापा मार्न इलाका प्रहरी कार्यालय गहडिया, प्रहरी चौकी मधुबनी गाउँ र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) मधुबनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहले भारतीय सीमा क्षेत्रमा पर्ने गोडैता नगरपालिका–१२ मधुबनी गाउँबाट नक्कली नोट बनाउने उपकरणसहित शनिबार राति केही व्यक्तिलाई पक्राउ बताए ।…
Read More