झापा असोज ६ ।। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत सातामात्रै हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १७०० रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ ३१ गते सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।…
झापा ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्। कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् । कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला…
नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपको च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो । पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित…
बिर्तामोड, असोज ५ ।। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र…
यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो । समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ…
झापा ।। बुद्धशान्ति प्रेस क्लबको आयोजनामा झापा मिडिया कप २०८१ हुने भएको छ झापामा लामो समय देखि सञ्चारकर्मी बिच खेल नभएको अवस्थामा प्रेस क्लब बुद्धशान्तिले नेपालीहरुको महान चाड वडादशैँको पावन अवसर पारेर सम्पूर्ण झापाली सञ्चारकर्मीलाई एउटै मैदानमा उपस्थित गराई जिल्ला स्तरीय फुटबल प्रतियोगिता मिडिया कप (प्रेस क्लब स्तरीय) २०८१ गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्रतियोगितामा झापाका ७ वटा प्रेस क्लबका टिम सहभागी रहनेछन् । मिडिया कपको प्रथम पुरस्कारको रुपमा ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु २५ हजार त्यस्तै उपविजेता टिमले पनि ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद रु १५ हजार रहेको बताइएको…
झापा।। काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा शतप्रतिशत जित हासिल गर्दै फाइनल पुगेको विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार प्राम्भिक चरणको अन्तिम खेलमा घरेलु टोली माल्दिभ्स पुलिस क्लबको सामना गर्दैछ। खेल स्थानीय समयअनुसार बेलुका ५ बजे हुनेछ। नेपाल पुलिस चार खेलबाट ११ अंक जोडेको एक खेलगावै फाइनलमा पुगिसकेको छ। नेपाल पुलिसले १२ सेट जित्दा दुई सेट मात्रै गुमाउनु परेको छ। बिहीबार घरेलु टोली वाम्कोलाई नेपाल पुलिसले ३–२ को सेटमा पराजित गरेको थियो। अन्य तीन खेलमा भने नेपाल पुलिसले ३–० को सोझो सेटमा जित हासिल गरेको थियो। माल्दिभ्स पुलिस भने प्रतियोगिताबाट बाहिरिसकेको छ। समान खेल खेलेको माल्दिभ्स पुलिसले एक जितसहित तीन…
झापा ।। इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ । हिजो(बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।
बिर्तामोड, ०२ असोज : बिर्तामोड नगरपालिकाले राष्ट्रिय शिक्षा दिवस तथा बाल दिवसको अवसरमा भदौ २९ गते आयोजना गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । 'स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारी' विषयमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा कक्षा ९ र १० मा अध्ययनरत सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयबाट ३० जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा मोहनमाया माध्यमिक विद्यालयकी छात्रा एलिना तिम्सिना प्रथम, न्यूटन्स एकाडेमीकी छात्रा रोसिना दाहाल द्वितीय, एभरेष्ट स्मार्ट स्कुलकी प्राप्तिका निरौला तृतीय, सेन्ट जेभियर्सका छात्र प्रयास गिरी र महेन्द्ररत्न माध्यमिक विद्यालयकी छात्रा स्मृति आचार्य सान्तवना भएका थिए । विजेताहरु प्रथम, द्वितीय, तृतीय र सान्तवनाले क्रमश…
झापा।। आज असोज ३अर्थात् १०औँ संविधान दिवस २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएको थियो । । संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज सरकारले सविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । ७ दशक लामो संघर्षपछि २०७२ सालमा संविधान जारी गर्नु कम चुनौतीपूर्ण थिएन । लामो संघर्षपछि देशले संविधान पाएको खुसीयालीमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरकारले घर, कार्यालय तथा आफ्नो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ । साथै आज अपरान्ह ४ बजे संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक कन्सर्टको समेत…