इलाम ।। बिर्तामोड स्टडी पार्क इलाम शाखाले वैदेशिक अध्ययनमा विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरेर एकदिने नि:शुल्क सेमिनार सञ्चालन गरेको छ । उक्त सेमिनारको सहजीकरण श्रुति पराजुलीले गरेकी थिइन् । सेमिनारमा युके अस्ट्रेलिया, क्यानडा, डेनमार्क लगायतका देशहरुमा जान नेपालीहरुले केके कुराहरु अपनाउने, के कस्तो डकुमेन्ट, कलेजको कुन-कुन सेक्टरमा अध्ययन गर्न पाइन्छ लगायतका विषयमा प्रशिक्षण गराइएको बिर्तामोड स्टडी पार्क इलाम शाखा प्रमुख दिलिप पौडेलले जानकारी दिए । बिर्तामोड स्टडी पार्क इलाम शाखाले पछिल्लो समय आयल्स र जापानका कक्षाहरु सञ्चालन गर्दै आएको छ । बिर्तामोड स्टडी पार्कले बिर्तामोडमा मुख्य कार्यालय रहेर फिक्कल, इलाम र भद्रपुरबाट आफनो सेवा दिइरहेको छ । पार्कले…
अर्जुनधारा भाद्र १४।। झापाको अर्जुनधारामा एक युवतीले आत्महत्या गरेको केही समय पछि छिमेकी पुरुषले पनि आत्महत्या गरेका छन् । महिलाले भिडियो कल गरेर आत्महत्या गरेको पुरुषले त्यसको केही समयपछि आत्महत्या गरेका हुन् । अर्जुनधारा नगरपालिका–६ लक्ष्मी टोलकी अन्दाजी २४ की नम्रता पाठकले शुक्रबार बिहान सोही स्थानका कृष्ण ढुङ्गेललाई वाट्सएपमा भिडियो कल गरेर आत्महत्या गरेकी थिइन् । उनले घरको पूजा कोठामा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । बिहान साढे ९ बजे ढोका खोलेर हेर्दा उनी झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । त्यसको केही समयपछि ढुङ्गेलले पनि घरमा छोरी र श्रीमती नभएको समयमा आफ्नै घरभित्र झुण्डिएर आत्महत्या गरेको…
विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । शुक्रबार प्रदेशसभा बैठक बस्दैछ, बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । १७ असारमा कांग्रेस एमालेबीच सत्तासमीकरण बनेपछि कोशीमा माओवादी केन्द्रले ११ साउनमा सरकार छाडेको थियो, तर समर्थन फिर्ता लिएको छैन । ‘आज दलको बैठक बस्दैछ, बैठकपछि समर्थन फिर्ता लिन्छौं’, आङ्बोले भने,’ माओवादी प्रतिपक्ष बस्छ ।’ नेकपा माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत २७ बैशाखमा मुख्यमन्त्री बनेका थिए । १७ असारमा कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि केन्द्रसहित सातवटै…
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा नयाँ खुलासा भएको छ । अदालतको दस्तावेजमा उल्लेख भएअनुसार बबीसिंह शाहले डकैतीका क्रममा मुनालाई गोली हानेर हत्या गरेको खुलेको हो । घटनाले अमेरिकामा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षाको विषयमा चिन्ता बढाएको छ । यसैबीच, बबीमाथि हत्याको आरोपका साथै गैरकानूनी रूपमा हतियार राखेको अभियोगमा समेत मुद्दा दर्ता भएको छ । २६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक–पटक जेल परेको खुलेको छ ।
पाँचथर —पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाडागाउँ टोलमा विस्फोटमा घाइते थप १ बालकको मृत्यु भएको छ । विस्फोटमा परी गम्भीर घाइते स्थानीय दिलिप साँवाका ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । बिहीबार दिउँसो माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन, स्थानीय दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरी प्रिन्सा घाइते भएका थिए । घाइते भएलगत्तै पाँचथर अस्पताल पुर्याइए पनि थप उपचारका लागि उनीहरूलाई झापा रेफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा…
बिर्तामोड ।। नेपालीहरूको महानचाड हरितालिका तीजको अवसर पारेर बजारमा विभिन्न तीज गीतहरू आइरहेको बेला सरगम संगीतालय बिर्तामोडले पनि नयाँ तीज गीत सार्वजनिक गरेको छ। गायिकाहरू दीक्षा रसाइली सपना थापा रविना लिम्बु सोनिया घिसिङ र निरुता तामाङको स्वरमा रहेको तीज गीत 'आयो तीज रंगियो गाउँ बेसी' नामक तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरगम संगीतालयको ब्यानरमा निर्माण भएको उक्त गीत सरगम- संगीतालयकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो। झापाको धार्मिक तथा पर्यटकीय स्थल अर्जुनधारा जलेश्वर धाममा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई दीपक रायमाझीले निर्देशन सुवास लिम्बुले छायाङ्कन पदम तामाङले शृंगार र दिलमाया पन्थाक लिम्बुले नृत्य निर्देशन गरेका छन्…
गोरखा– चर्चित कार्यक्रम ‘हेर्ने कथा’बाट चर्चामा आएका भोजपुरको षडानन्द नगरपालिका-१० का प्रकाश तामाङ (पाका) अन्तत गोरखाको चुमभ्याली छाडेर घर फर्किएका छन् । ‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ शीर्षकको पछिल्लो सत्य कथाका मुख्य पात्र प्रकाश गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारस्थित मालिकको घरबाट बिदा भएर भोजपुरका लागि हिँडेका हुन् । उनलाई छेकम्पारबाट स-सम्मान बिदा गरिएको हो । उलाई छेकम्पारमा बिदाइका क्रममा चुमनुब्री वडा नम्बर ८ का अध्यक्ष टसी दोर्जे लामा, स्थानीय साथीभाइ र मालिकलेसमेत खादा लगाइदिएका थिए । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार प्रकाशलाई मालिक टासी लामाले १० लाख रुपैयाँ दिने भएका छन् । त्यसैगरी गाउँपालिकाको तर्फबाट प्रकाशलाई एक लाख रुपैयाँ दिने…
फिदिम भाद्र १३ ।। पाँचथरको फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते भएका छन् । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएको फालेलुङ ५ वडाध्यक्ष भरतबहादु खपाङगीले जानकारी दिए । विस्फोटक पदार्थ पड्किंदा ३ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् । फालेलुङका ११ वर्षीय दिपशन साँवा , २ वर्षीय प्रियसा सावा , ११ वर्षीय पबन राई गम्भिर घाइते भएका छन् । ७ वर्षिय दिपशन राई सामान्य घाइते रहेको खपाङगीले जानकारी दिए । सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ । गम्भीर घाइते बालकहरुको उपचारको लागी जिल्ला अस्पताल पाँचथर…
नेपालगञ्ज ।। बाँकेमा बस दुर्घटना भएको छ । दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस आज कोहलपुरमा दुर्घटना भएको हो । दुर्घटनामा परी दुईजनाको मृत्यु भएको लुम्बिनीका प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । दुर्घटनामा परी दाङको तुल्सीपुरका ६० वर्षीय धनबहादुर ओली र बसका सहचालक तुलसीपुरका २४ वर्षीय सन्तोष भुसालको मृत्यु भएको उनले जानकारी दिए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनका अुसार बस चालकले मोटरसाइकल बचाउन खोज्दा दुर्घटना भएको बयान प्रहरीलाई दिएका छन् । “बस चालक हाम्रो नियन्त्रणमा छ । मोटरसाइकल बचाउन…
काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको निरीक्षण अधिकृत डा । अवधेश झाले जानकारी दिए । तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो । ‘हामीले मागेको विवरणका आधारमा प्रतिवेदन तयार गर्यौं र सोही प्रतिवेदनका आधारमा जरिवाना गरिएको हो,’ झाले भने । माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसपी मेथड)को कागजात प्राप्त हुन सकेको थिएन । महानगरको अनुगमनमा कारखानामा…