Susandesh Khabar

समाचार

लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

लागुऔषधसहित दमकका तीनजना युवा झापा गाउँपालिकाबाट पक्राउ

  बिर्तामोड साउन१६।। लागुऔषधसहित दमकका तीनजना युवालाई झापा प्रहरीले सीमावर्ती झापा गाउँपालिकाबाट पक्राउ गरेको छ । झापा गाउँपालिका वडा नम्बर १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो ३ः१० बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक-१२ बस्ने २६ वर्षीय मनिष थापा, २२ वर्षीय रिकास बस्नेत र १९ वर्षीय रोमित कटवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । को. ३२ प ८९७४ नम्बरको मोटरसाइकललाई शंका लागेर जाँच गर्ने क्रममा थापाले प्रहरीलाई देख्नासाथ कालो प्लास्टिकको पोका भुइँमा फालेर भाग्न खोजेका थिए । उनीसँगै रहेका बस्नेत र कटवाललाई समेत नियन्त्रणमा लिई उक्त कालो प्लास्टिकको पोका खोलेर हेर्दा…
Read More
जुम्लामा चट्याङ पर्दा एकसय भेडा मरे

जुम्लामा चट्याङ पर्दा एकसय भेडा मरे

  जुम्ला – जुम्लाको तिला गाउँपालिकाको देउली पाटनमा चट्याङ पर्दा करिब एक सय भेडा मरेका छन्। पालिका वडा नं ६ र ९ मा पर्ने देउली पाटनमा चट्याङ लागेर आज तिला–७ का पोख्रीका नौ जना किसानका एक सय भेडा मरेको तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए। चट्याङबाट भेडापालक किसान भीमबहादुर रोकाया, लालसिंह रोकाया, कालीबहादुर रोकाया, वीरबहादुर रोकाया, बलबहादुर रोकाया, कालीबहादुर बोहोरा, नैने बुढा र रामबहादुर रोकायाका भेडा मरेको उनले बताए। ‘कसका कति भेडा मरेका हुन् भन्ने एकिन विवरण आउन बाँकी छ। चट्याङमा परी तिला–७ का अन्दाजी ५५ वर्षीय लालसिंह रोकाया सामान्य घाइते भएका छन्,’ अध्यक्ष रोकायाले भने,’यसरी मरेका भेडाको बीमासमेत…
Read More
बालिकामाथि यौन दुर्ववहार अभियोगमा देवी माविका सुरक्षा गार्ड पक्राउ

बालिकामाथि यौन दुर्ववहार अभियोगमा देवी माविका सुरक्षा गार्ड पक्राउ

  बिर्तामोड साउन १५ ।। झापाको बिर्तामोडस्थित देवी माविका सुरक्षा गार्ड बालिकामाथि यौन दुर्ववहार अभियोगमा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार जिल्लामै प्रतिष्ठित देवी माविका सुरक्षा गार्ड करिब ७० वर्षीय तेजबहादुर पान्डे बालिका यौन दुर्व्यवहार अभियोगमा गत बुधबार पक्राउ परेका हुन् । बिर्तामोड ४ निवासी पान्डे पूर्वप्रहरी पनि हुन् । कराते खेल्न आएकी बिर्तामोड ६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक रमेश राईले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक अम्विका श्रेष्ठले…
Read More
चाडै निर्माणको माग राखी स्थानीयद्वारा शनिश्चरे रोड अवरुद्ध

चाडै निर्माणको माग राखी स्थानीयद्वारा शनिश्चरे रोड अवरुद्ध

  बिर्तामोड साउन१५।।  बिर्तामोड सनिश्चरे सडक खण्ड अन्तर्गत बिर्तामोडदेखि महानन्दचोकसम्मको बाटो बेलैमा मर्मत नभएका कारण स्थानीयहरूले बन्द गराएका छन्। धुलो धुवा र हिलोको कारण वर्षौंदेखि हिन्डुलमा समस्या भइरहँदा पनि बाटो समयमा मर्मत नहुँदा बन्द गरिएको स्थानीयहरूले बताएका छन्। स्थानीयले मङ्गलबार दिउँसो  सडकमा बाँस र ड्रम तेर्स्याएर  आवागमन अवरुद्ध पारेका हुन् । सडक निर्माणका लागि प्रवीण मैनाचुली शान्तिले ठेक्का पाएको थियो । तर, निर्माण कम्पनीले सर्त अनुसार सडक निर्माण नगरेको स्थानीय बताउँछन् । १५ करोड ६० लाख रुपैयाँमा ठेक्का लागेको उक्त सडकको  २ किलोमिटर सडक निर्माण हुन बाँकी छ । यो सडक जेठ ९ गते निर्माण सम्पन्न गरेर हस्तान्तरण हुनुपर्ने थियो…
Read More

कनकाई नगरले किन्यो विद्युतीय गाडी

सुरुङ्गा साउन १५।।    झापाको कनकाई नगरपालिकाले विद्युतीय गाडी खरीद गरेको छ । कामको सिलसिलामा भाडाको गाडी प्रयोग गर्दै आएको नगरपालिकाले सोको अन्त्यका लागि गाडी खरीद गरेको हो । इन्धन खपतमा न्यूनीकरण गर्ने र विद्युतीय गाडीको प्रबद्धन गर्ने सरकारी योजना अनुरुप नै नगरले विद्युतीय गाडी खरीद गरेको नगरपालिकाले जनाएको छ । नगरको कामका लागि गाडी अपुग भएर भाडामा ल्याउनु पर्ने भएपछि त्यसको अन्त्यका लागि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब ७ वर्षपछि पहिलो पटक सानो विद्युतीय गाडी किनिएको नगरका रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवालले बताउनुभयो । आर्थिक वर्षको सुरुवाति चरणमा गाडी नचाहिने भए पनि आर्थिक वर्षको अन्त्यतिर २–३ महिनामा…
Read More
भारतको केरलमा पहिरो जाँदा २४ जनाको मृत्यु, सयौ बेपत्ता

भारतको केरलमा पहिरो जाँदा २४ जनाको मृत्यु, सयौ बेपत्ता

  एजेन्सी  भारतको केरल राज्यमा पहिरो जाँदा २४ जनाको मृत्यु भएको छ। केरलको वायनाडस्थित मेप्पाडी क्षेत्रमा आज बिहान गएको पहिरोमा परी अझै ७० जना घाइते छन् भने एक सय जनाभन्दा बढी पुरिएको हुन सक्ने अनुमान गरिएको छ। बीबीसीका अनुसार केरलका स्वास्थ्य मन्त्री वीना जर्जले घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको भन्दै पहिरोमा पुरिएकाहरूको उद्धारको काम भइरहेको बताएकी छिन्। उनले पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने पनि बताइन्। अझै पनि त्यस क्षेत्रमा वर्षा भइरहेको हुँदा उद्धार कार्यमा कठिनाई भइरहेको उनको भनाइ छ।
Read More
आज साउन १५ खिर खाने दिन

आज साउन १५ खिर खाने दिन

  बिर्तामोड साउन १५।। आज  साउन १५  अर्थात खिर खाने दिन आज खिर खाएर साउन १५ मनाउने गरिन्छ  । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने डाक्टरहरु बताउँछन् ।…
Read More
क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख ठगी गर्ने झापाका भण्डारी पक्राउ

क्यानडा पठाइदिन्छु भन्दै ८४ लाख ठगी गर्ने झापाका भण्डारी पक्राउ

  काठमाडौँ साउन १५।।   क्यानडा लाने भनेर सामाजिक सञ्जालमार्फत प्रलोभनमा पारेर रकम ठगी गरेको आरोपमा झापाका एक युवा पक्राउ परेका छन् । बिर्तामोड-९ घर भई ललितपुरको चाङथली बस्ने २३ वर्षीय पुरूषोत्तम भण्डारी प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार भण्डारीले पीडितहरुलाई क्यानडा लाने भनेर प्रलोभनमा पारेर विभिन्न व्यक्तिका नाममा भएका बैंक खाताहरूमा पटकपटक गरी ८४ लाख १५ हजार ६२५ रूपैयाँ पठाउन लगाएर ठगी गरेका छन् । पक्राउपछि उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
Read More
भारत लाई हराउँदै श्रीलंकाले उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

भारत लाई हराउँदै श्रीलंकाले उचाल्यो महिला एसिया कप क्रिकेटको उपाधि

  बिर्तामोड साउन१३ ।। महिला एसिया कप टी २० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । अाइतबार सम्पन्न फाइनलमा भारतविरुद्ध ८ विकेटको जीत निकाल्दै श्रीलंकाले उपाधि उचालेको हाे । १६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाका लागि १८ औँ ओभरको चौथो बलमा काभिसा दिलहरीले छक्का प्रहार गर्दै जीत दर्ता गरेकी हुन् । जीतका लागि ब्याटिङतर्फ श्रीलंकाकी हर्सिता सामराविकरामाले अविजित रहँदै फाइनल खेलकै सर्वाधिक ६९ रन जोडेकी थिइन् । उनले २ छक्का र ६ चौकाको मद्दतमा ५१ बलमा सो रन जोडेकी हुन् । त्यस्तै क्याप्टेन चमारी अथपथ्थुले २ छक्का ९ चौकाको मद्दतमा ६१ रन जोडेकी थिइन् । खेलको सुरुवातमा भिसमी गौनरन्तेलाई गुमाएको श्रीलंकन् महिला…
Read More
०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने ,अध्यक्ष प्रचण्डको भनाई

  काठमाडौँ, साउन १३ ।। माओवादी केन्द्रका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ मा हुने आमनिर्वाचन एक्लै लडेर जित्ने र भ्रष्टहरूलाई पुनः बढार्ने बताएका छन्। जारी पार्टी पदाधिकारी बैठकमा यही योजनाका साथ छलफल भइरहेको उनको भनाइ छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा ०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ। यस्तो महत्त्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ। यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिनेछ,’ उनले भने। निवर्तमान प्रधानमन्त्री प्रचण्डले १८ महिना सरकारको नेतृत्वमा रहँदा…
Read More