Susandesh Khabar

समाज

पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

  पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण  गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए  र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी  िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…
Read More
अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित

  झापा  ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्। कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् । कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला…
Read More
अमेरिकाको टेरी मिकेस्का फाउण्डेसनद्वारा  बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन प्रदान

अमेरिकाको टेरी मिकेस्का फाउण्डेसनद्वारा बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन प्रदान

  बिर्तामोड, असोज ५ ।। टेरी मिकेस्का फाउण्डेसन टेक्सस अमेरिकाले बिर्तामोड नगरअस्पताललाई डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगरअस्पतालमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसनका प्रमुख टेरी मिकेस्काले नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेशिन हस्तान्तरण गर्नु भयो । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेष्ट प्रविधि हो । फाउण्डेसनका अनुसार उक्त मेशिन ६ हजार अमेरिकी डलरमा खरिद गरिएको अस्पताल प्रशासन प्रमुख टिका अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले नगर अस्पतालमा भएको आवश्यकतालाई महसुस गरेर डिफिब्रिलेटर प्रदान गरेकोमा टेरी मिकेस्का फाउण्डेसनलाई धन्यवाद दिनु भयो । उहाँले नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरेर नगरअस्पताललाई व्यवस्थित र…
Read More
यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे

  यस वर्षको दसैँको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार राति एक सूचना जारी गर्दै दसैँको साइतहरुबारे जानकारी गराएको हो । समितिका अनुसार टिका लगाउने मानिस पूर्व फर्कनु पर्ने साइत रहेको छ । घटस्थापनाको साइत भने असोज १७ गते ९ः१६ बजे रहेको समितिले जनाएको छ । त्यसदिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने पनि जनाइएको छ । समितिका अनुसार असोज १७ गते बिहीबार घटस्थापना दिन बिहान ९ बजेर १६ मिनेटमा जमरा राखिने साइत छ । असोज २४ गते बिहान ७ः११ बजे फुलपाती भित्र्याउने साइत रहेको छ…
Read More
अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खायो

अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खायो

  झापा ।। इलामको चुलाचुली वडा १ मा अजिंगरले गोठमा बाँधेका दुई बाख्रा खाएको छ ।  हिजो(बुधबार) मध्याह्न १२ बजे स्थानीय तारा फागोको गोठनजिकै बाँधिएका बाख्रा अजिंगरले खाँदैगरेको देखेपछि फागोले प्रहरी तथा वनका कर्मचारीलाई खबर गरेका थिए । करिब ४० किलोको अजिंगर प्रहरी र वनका कर्मचारीले उद्धार गरी अपराह्न ४ बजेतिर जंगलमा छाडेका छन् ।
Read More
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

  झापा।। आज  असोज ३अर्थात्  १०औँ संविधान दिवस  २०७२ साल असोज ३ गते नेपालमा नयाँ  संविधान जारी भएको थियो । । संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । आज सरकारले सविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ । ७ दशक लामो संघर्षपछि २०७२ सालमा संविधान जारी गर्नु कम चुनौतीपूर्ण थिएन । लामो संघर्षपछि देशले संविधान पाएको खुसीयालीमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सरकारले घर, कार्यालय तथा आफ्नो राष्ट्रिय झण्डा फहराएर संविधान दिवस हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ । साथै आज अपरान्ह ४ बजे संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिक कन्सर्टको समेत…
Read More
अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी गर्दै फाल्गुनन्दका किसान

  पौवा सारताप ।। पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिकाका कृषकमा नगदेबाली अकवरे खुर्सानीको मोह बढेको छ । पछिल्लो समय अन्य खेति  छाडेर यहाँका अधिकांश किसानहरू अकबरे खुर्सानीको व्यावसायिक खेती गरिरहेका छन् । फाल्गुनन्द गाउँपालिकाका सातवटै वडा नवमीडाँडा , ईम्बुङ, पौवासारताप, चिलिङदिन   फाक्तेप,आङसराङमा व्यावसायिक खुर्सानी खेती भइरहेको छ।  यहाँ उत्पादित अकबरे खुर्सानी स्थानीय बजार घुर्बीसे पञ्चमी, राके र फिदिम लगायतका  स्थानीय  बजारहरूमा बिक्री हुने गर्दछन् खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको हो । पालिकामा उत्पादन भएको खुर्सानी स्थानीय बजारमा मात्र खपत हुँदैन । यसको माग भारतीय बजार देखि झापा बिर्तामोड र काठमाडौँसम्म पनि उत्तिकै छ । अकबरेको…
Read More
आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

आजबाट सोह्र श्राद्ध  सुरु,आज प्रतिपदा तिथिको श्राद्ध गरिँदै

  बिर्तामोड। असोज २।। आजबाट सोह्र श्राद्ध  सुरु भएको छ । बुधबार आज प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध सुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ । त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो । मूल वैदिक परम्पराअनुसारको तिथि पत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ । वैदिक परम्परामा तिथि टुट्दैँन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ । सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृ पक्षका रूपमा मनाउँछन् । यो बेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ । आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार…
Read More
पूर्वेली ढुवानीले गर्यो विधिवत रुपमा विश्वकर्मा पूजा

पूर्वेली ढुवानीले गर्यो विधिवत रुपमा विश्वकर्मा पूजा

  बिर्तामोड असोज १।।  पूर्वी नेपालको  ढुवानी व्यवसायमा अग्रस्थानमा  रहेको पूर्वेली ढुवानी सेवाले आज विधिवत रुपमा विश्वकर्मा पूजा सम्पन्न गरेको छ। बिर्तामोड –६ स्थित बुट्टाबारीमा २५ वढी ट्रक र अन्य सवारी साधन हरु  एकै स्थानमा राखेर भव्यरुपमा विश्वकर्मा पूजा  गरेको हो । रिबन फूलपाती बेलुन ले सजीसजाउ पारिएका गाडीलाई   पूर्वेली ढुवानी सेवाका सञ्चालक निर्मल खत्री (न्यौपाने) ले ब्राम्हण सहित मन्त्रोचारण गरी फुलपाती, अक्षताले पूजा आराधना गरेर  विश्वकर्माको पूजा गरेका हुन् । आज फलामबाट बनेका औजार तथा  सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । सुनसरीको इटहरीमा…
Read More
बिर्तामोडमा रात्रिकालिक होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

बिर्तामोडमा रात्रिकालिक होटल व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाईने

  बिर्तामोड, ३१ भदौ : बिर्तामोडका रात्रिकालिक होटल व्यवसाय सञ्चालनका विषयमा मापदण्ड बनाईने भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको सर्वपक्षिय बैठकले सरोकारवाला पक्षसँग छलफल गरी आवश्यक मापदण्ड बनाएर जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।बिर्तामोडका होटल व्यवसायीले राति १२ बजेसम्म व्यापार गर्ने व्यवस्था मिलाईदिन आग्रह गर्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए । सोहि अनुरुप नगरपालिकाले ईलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोड उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ झापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय लगायत विभिन्न पार्टी प्रतिनिधि र सरोकारवाला निकायसंगछलफल गरेको हो । बेठकले सबै सरोकारवाला पक्षबाट बजारको अनुगमन गर्ने, बजार क्षेत्रमा जोडिएका सिसि क्यामेराको…
Read More