Susandesh Khabar

डिभी भर्ने मिति घोषणा,अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने

डिभी भर्ने मिति घोषणा,अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने

डिभी भर्ने मिति घोषणा,अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने

 एजेन्सी  ।। अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले आगामी डिभी लोटरी भर्ने मिति घोषणा गरेको छ । आगामी न्युयोर्क समय अक्टोबर २ बुधबार मध्यान्ह १२ बजेदेखि नोभेम्बर ५ मध्यान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । दर्ता अवधिमा एक व्यक्तिको लागि एक भन्दा बढी आवेदनहरु पेश गरेमा त्यस व्यक्तिको लागि सबै आवेदनहरु अयोग्य हुने चेतावनी ब्यूरो अफ कन्सुलर अफेयर्सले दिएको छ । डिभी २०२६ को लागि अहिले अँग्रेजीमा कार्यक्रम निर्देशिका सार्वजनिक गरिएको छ भने अतिरिक्त भाषाहरूमा अनौपचारिक अनुवादहरू थपिने जनाइएको छ । यो बर्ष क्युबा डिभी लोटरीका लागि अयोग्य भएको छ भने योग्यताका सन्दर्भमा विगतका बर्षहरुको…
Read More
बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु

बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु

  बिर्तामोड, १२ असोज : बिर्तामोडमा रेविज खोप कार्यक्रम सुरु भएको छ । नगरपालिकाले विश्व रेविज दिवश २०८१ का अवसरमा खोप सप्ताह कार्यक्रम आजदेखि सुरु गरेको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले कार्यक्रम उद्घाटन गर्दै सबै वडामा जनप्रतिनिधिसहित लागेर यो सप्ताह सफल बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले रेबिज नियन्त्रणका लागि सकेसम्म धेरै कुकर, विरालोलाई खोप लगाउन आग्रहसमेत गर्नु भयो । भोलि वडा नम्बर १ का विभिन्न स्थानमा खोपकेन्द्र स्थापना गरी रेविजविरुद्दको खोप लगाईने छ । सबै वडा कार्यालयको समन्वयमा आवश्यक्ता अनुसार खोपकेन्द्र स्थापना गरी कार्यक्रम सञ्चालन गरीने पशुपंछि मत्स्य विकाश शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । कार्यपालिका…
Read More
झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएयो

  काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले गरेको छ। पहिरो ले पुरिएको बसमा  कति यात्रु थिए भन्ने एकिन भइनसकेको र उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ।
Read More
गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

गणपति बेकरीको तेस्रो शाखा चन्द्रगढीमा खुल्यो

  बिर्तामोड । झापाको बिर्तामोड बाट आफ्नु सेवा सुरु गरेको  गणपति बेकर्सले आफ्नो तेस्रो शाखा अन्तर्गत झापाको चन्द्रगढीबाट सेवा सुरु गरेको छ। आज शनिबार पत्रकार सम्मेलन गरी चन्द्रगढी शाखाको बारेमा जानकारी दिइएको हो । ‘फ्रेञ्चाइज मोडेलमा शाखा शुरु गरेका हौं,’ गणपतिका सञ्चालक राजु ढकालले भने । चन्द्रगढी विमानस्थल गेट अगाडी रहेको क्याफे बिडीपी (भद्रपुर)ले गणपतिको फ्रेञ्चाइज लिएको क्याफेका सञ्चालक रियाज ढकालले जानकारी दिए । करिब ६० लाखको  लगानीमा  सञ्चालनमा आएको क्याफे नजिकै रहेको चन्द्रगढी  विमानस्थललाई लक्षित गरी खोलिएको सञ्चालकले बताएका छन्। गणपति बेकरीको तेस्रो शाखाका रूपमा सञ्चालनमा ल्याइएको चन्द्रगढी शाखाले नेफोलिटाना पिज्जा, कफी, बर्थडे केक आफैँ उत्पादन गरेर ग्राहकलाई  सेवा…
Read More
मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

मेची राजमार्ग अन्तर्गत हेवाखोलाको बेली ब्रिज बाडीले बगायो

  पाँचथर ।  गतवर्षको बाढीले पक्की पुल बगाएपछि बनाइएको हेवाखोलाको बेली ब्रिज पुन बाढीले बगाएको छ। मेचिराजमार्ग अन्तरगत  फिदिम ४ र हिलिहाङ ७ जाेड्ने हेवाखाेलाकाे बेली ब्रिज हेवा खाेलामा आएकाे बाढिले बगाएकाे फिदिम  ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए । बाढिले हिलिहाङ तर्फकाे पिल्लर बगाएकाे बताईएकाे छ ।  गत वर्ष असारमा आएकाे बाढिले हेवाखाेलाकाे पक्कि पुल बगाए पछि साेहि स्थानमा अस्थाई ब्रिज बनाईएकाे थियाे । ब्रिज बगाए पछि पाँचथरकाे हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फकाे यातायात पुर्णरूपमा बन्द भएकाे छ । बेली ब्रिज बगाएसँगै नजिकिँदै गरेका चाडपर्वमा आवतजावत गर्न पनि स्थानीयलाई शास्ती भएको छ भने मालसामान ढुवानी गर्न पनि समस्या देखिएको…
Read More
सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

सामान निकाल्न खोज्दा आमाछारीको पहिरोमा पुरीएर मृत्यु

धनकुटा।। १२ असोज।। पाख्रिवासमा पहिरोले घर बगाउदा आमाछोरीको मृत्यु भएको छ। पाख्रिवास नगरपालिका वडा नं. ५ गुराँसे डाँडाको ३५ वर्षीया आशा तामाङ र उनकी आमा करीब ५० वर्षीया रामकुमारी तामाङको मृत्यु  भएको हो। बिहान करीब साढे ३ बजे तिर घर बगाउन लागेपछि घरमा रहेको सामान निकाल्न गएका आमाछारीको पहिरोले पुरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। यता धनकुटाको छथर जोरपाटी गाँउपालिका ६ सिधुवामा पहिरोले गोठ पुर्दा १० भन्दा बढी चौपाया पुरेको वडाध्यक्ष दीपक गुरुङले जानकारी दिए। उनका अनुसार सिधुवा बजार पछाडिबाट गएको पहिरोको कारण बजारका केही घर समेत जोखिममा परेका छन्। यस्तै निरन्तरको वर्षाले चौविसे…
Read More
झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

झापाको विभिन्न स्थानमा आएको बाढीले बगाउँदा तीनजना बेपत्ता

बिर्तामोड ।।  लगातारको झरीका कारण आएको बाढीले बनाउँदा झापामा तीनजना बेपत्ता भएका छन् । कचनकवलको जमुना खोला, गौरीगञ्जको किस्ने खोला र कमल गाउँपालिकाको कृष्णे खोलाले बगाउँदा तीन जना बेपत्ता भएको प्रहरी कार्यालय झापाले जनाएको छ । गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी राजमार्गमा पर्ने किस्ने खोलाको पुलबाट हाम फाल्दा गौरीगञ्ज-२ भाकुरमारीस्थित सुकुम्वासी बस्तीका अन्दाजी ५० वर्षीय केमालाल ताजपुरिया बेपत्ता भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका उनले पुल माथिबाट शुक्रबार दिउँसो ४ बजे हाम फालेका थिए । उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । त्यस्तै कमल गाउँपालिका-१…
Read More
पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

पाँचथरमा पहिरोले घर पुरिदा दुईजनाको मृत्यु

  पाँचथर । पाँचथरको फिदिम मा पहिरोले पुरिएर दुईजनाको मृत्यु भएको छ।बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको करण  गए राति पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो। फिदिम नगरपालिका – ४ चिसापानीमा रहेको आदिबाशि जनजातीको भवन पहिरोले पुरिँदा २४ वर्षिय सपना शेर्पा र ५ वर्षिय डोल्मा शेर्पाको मृत्यु भएको फिदिम नगरप्रहरी प्रमुख सुजन पुरीले जानकारी दिए । उनिहरुकाे घरमा के काे थिए  र काे काे बस्थे भन्नेबारेमा बिस्तृत विवरण आउन बाँकी रहेको पुरीले जानकारी  िदए । पुरीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर पठाइँदै छ । घटनाको बारेका बिस्तृत विवरण…
Read More
एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

एएफसी यु–२० एसियन कप, नेपाल समूह चरणबाटै बाहिरियो।

  बिर्तामोड  ।।  एएफसी यु–२० एसियन कप छनौटतर्फ नेपालले समूह चरणको  अन्तिम खेलमा पनि हार बेहोरेको छ । समूह बी मा रहेको नेपालले शुक्रबार (आज ) आफ्नो अन्तिम खेलमा बहराईनसाग् ४–० ले पराजित हुदै प्रतियोगिताबाट  बाहिरिएको छ। समूह चरणका चार खेलबाट नेपालले ३ अंक मात्र जोड्दै समूह बी को तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गर्यो । नेपालले खेलेको तीन खेल मध्ये आयोजक चाइनिज ताइपेई विरुद्ध मात्र ३–१ को जित निकालेको थियो । त्यसबाहेक आफ्नो पहिलो खेलमा कम्बोडियासँग ४–१ र बलियो उज्वेकिस्तानसँग ६–० ले पराजित भएको थियो । यो जितपछि ३ खेलबाट बहराईनको ६ अंक छ र समूहको तेस्रो स्थानमा छ…
Read More
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

  झापा  ।।  दुई दिनदेखि लगातार परिरहेको वर्षका कारण जनजीवन प्रभावित भएको छ। लगातारको वर्षका कारण यातायातका साधनहरू गन्तव्यमा पुग्न पनि समस्या भएको छ। प्रतिकूल मौसमका कारण हवाई उडान पानी प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएका छन् । खराब मौसम तथा कम भिजिविलिटीका कारण आजका उडानहरु प्रभावित भएका बुद्ध एअरले जनाएको छ । पश्चिममा धनगढी, नेपालगञ्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडानहरु सुचारु रहेपनि अन्य गन्तव्यहरुमा उडान हुन नसकेको…
Read More