Susandesh Khabar

एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

एसिसी महिला एसिया कप क्रिकेट, नेपाल ९ विकेटले पराजित

  एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपाल पराजित भएको छ। आइतबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा भएको खेलमा नेपालमाथि पाकिस्तानले ९ विकेटको सानदार जित हात पारेको हो।  नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानकी ‌‌ओपनर गुल फिरोजाले नेपालकी कविता जोशीको बलमा आउट हुनुअघि ३५ बलमा १० चौकाको मद्दतमा ५७ रन जोडिन्। अर्की ओपनर मुनिबा अलीले नटआउट ४६ रन बनाइन्। त्यसअघि पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्यो। खराब सुरुवात गरेको नेपालका ओपनर सम्झना खड्का ४ रनमै आउट भइन्। त्यसपछि कविता कुँवरले १३ रन जोड्दा…
Read More
बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु  स्वदेश फर्किए

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किए

  काँकडभिट्टा साउन ६॥ बङ्गलादेशमा अशान्ति बढेपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरु काँकडभिट्टाको स्थलमार्ग हुँदै स्वदेश फर्किएका छन्। आज मात्रै दुई सयभन्दा बढी विद्यार्थी काँकडभिट्टा नाका हुँदै सकुशल नेपाल भित्रिएका हुन् । “पछिल्लो दुई दिनको तुलनामा आज विद्यार्थीको आगमन बढेको हो”, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले भने, “विद्यार्थीहरु विहानैदेखि आइरहेका छन् ।” उनीहरुलाई छिटोभन्दा छिटो अध्यागमन प्रक्रिया पूरा गरेर घर जाने वातावरण मिलाइरहेको उनले जानकारी दिए। बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक भएपछि विगत सात दिनदेखि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम सुरु भएको हो । सात दिनमा काँकडभिट्टा नाका हुँदै स्वदेश फर्किने विद्यार्थीको सङ्ख्या सात सयभन्दा बढी रहेको अध्यागमन प्रमुख पनेरुले बताए…
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने

  काठमाडौँ साउन ६॥ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । प्रधानमन्त्री ओलीलाई नेपाली काँग्रेसका ८८, एमालेका ७८, अशोक राई नेतृत्वको जसपाका…
Read More
त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

  नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा भेलबाढीमा परी त्रिशूलीमा खसेको बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ। उद्धारमा सहयोगका लागि नेपालले अनुरोध गरेपछि भारतबाट १२ जनाको उद्धार टोली सिमलताल आएका हुन्। उनीहरू गएराति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको र शनिबारदेखि सिमलतालमा बेपत्ता बस र यात्रुको खोजीमा खटिने गृहमन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिए। असार २८ गते सिमलतालस्थित सिँदुरे खोलाको भेलबाढीमा परी त्रिशूलीमा खसेको दुइटा बस अझै फेला परेको छैन। दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जना हामफालेर जोगिएका थिए। नदीमा बेपत्ता ६२ मध्ये अहिलेसम्म २३ यात्रुको शव भेटिएको छ। ३९ जना…
Read More
अर्जुनधाराकी १३ वर्षीय रोशनी बेपत्ता खोजीदिन आग्रह

अर्जुनधाराकी १३ वर्षीय रोशनी बेपत्ता खोजीदिन आग्रह

  अर्जुनधारा साउन ४॥अर्जुनधारा नगरपालिका–५ की १३ वर्षीय रोशनी महरा दर्जी गत चार दिनदेखि बेपत्ता भएकी छिन् ।  कक्षा–७ मा अध्ययनरत रोशनी असार ३२ गते बिहान ५ बजे घरबाट हराएकी उनकी आमा माया महरा दर्जीले बताइन् । एक पटक एक महिलासँग फोनमा कुरा हुँदा दिक्तेलमा रहेको बताएको र त्यही समयदेखि फोन सम्पर्क हुन नसकेको उनका बुबा विनोद महरा बताए । छोरी ना बालिका रहेको र विवाह गर्ने उमेरसमेत नभएकोले कसैले ललाई फकाई गरी बेपत्ता बनाएको सन्काले बिर्तामोड इलाका प्रहरी कार्यालयमा निवेदन दिएको महराले बताए । प्रहरीले खोजी गरिदिउँला भने पनि अहिलेसम्म केही पत्तो नभएको महराले बताए । विनोद विगत १० वर्ष…
Read More
शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

शिक्षक सरुवा सम्बन्धी निर्देशिका खारेज गर्न माग

काठमाडौँ ।साउन ५।।सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको शिक्षक सरुवा सम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको छ । नवनियुक्त मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै महासंघले यसअघिको शिक्षामन्त्री सुमना श्रेष्ठले जारी गरेको निर्देशिका खारेज गर्न माग गरेको हो । महासंघले उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग गरेको हो। निवर्तमान शिक्षामन्त्री श्रेष्ठले शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१ जारी गर्दै शिक्षकको सरुवाको लागि विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याएकी थिइन् । महासंघले सुरुदेखि नै उक्त प्रावधानको विरोध गर्दै आएको थियो । तर, श्रेष्ठले शिक्षकको…
Read More
गायिका कार्कीको  “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो  सार्बजनिक

गायिका कार्कीको “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो  सार्बजनिक

  गायिका रिता कार्कीको स्वरमा रहेको “भक्ति भजन राधे राधे” को म्युजिक भिडियो  सार्बजनिक भएको छ । गायिका रिता कार्कीले नै मुख्य अभिनय गर्नु भएको उक्त भजन भक्ति फाईनान्सियल ग्रुपको आधिकारिक युट्युव च्यानल मार्फत सार्बजनिक भएको हो । ड्यालसको हस्र्ट निवासी ईन्स्युरेन्स व्यवसायी तथा समाज सेवी रिता कार्कीको भक्ति भजन राधे राधेको काठमाण्डौं छायाँकन गरिएक छ। उक्त म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान, भिडियो सम्पादन लक्ष्मण चौहान तथा सिनेमेटोग्राफर महेश महरा लगायत रहेका छन सार्बजनिक भएको छोटो समय मा नै 'भक्ती भजन राधे राधे' धेरै दर्सक स्रोताको मन मा बस्न सफल भएको छ आफुले हेरे पछी  सेयर गरि सबै सम्म पुर्याइदिन्छ…
Read More
सिमलताल पहिरो:-२० जनाको शव फेला, ४२ जनाको अवस्था अझै अज्ञात

सिमलताल पहिरो:-२० जनाको शव फेला, ४२ जनाको अवस्था अझै अज्ञात

साउन ४।। झापा। ।चितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका ६२ मध्ये बिहीबारसम्म १८ पुरुष र दुई महिलासहित २० जनाको शव फेला परेको छ । ४२ जनाको अवस्था अझै अज्ञात रहेको चितवन प्रशासनले जनाएको छ । भेटिएको शवमध्ये ६ जनाको सनाखत हुन बाँकी छ । सनाखत भएका १४ मध्ये चारजना भारतीय नागरिक भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन । सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता र बसको खोजीका लागि सशस्त्र प्रहरी, नेपाली सेना, प्रहरी, गोताखोरका साथै आधुनिक किसिमको वाटरड्रोन (सोनार), आकाशबाट पनि ड्रोन क्यामेरा, र्‍याफ्टिङ बोट, मोटर बोट, बस भेट्नका लागि ठूलो चुम्बक र…
Read More
रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा  झडप हुदा १९  सुरक्षाकर्मी घाइते

रौतहटमा मोहर्रम पर्व मनाउने क्रममा झडप हुदा १९ सुरक्षाकर्मी घाइते

  रौतहट साउन ३॥ रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउने क्रममा भएको झडपमा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्। राजपुर नगरपालिका-६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उच्छृंखल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएको थियो। केही युवाहरू उच्छृंखल भइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेका थिए। सोही क्रममा सुरक्षाकर्मीमाथि ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त बनेको थियो। जसबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका १९ सुरक्षाकर्मी घाइते भएका हुन्। दाहा मनाउने क्रममा करिब पाँच हजारभन्दा बढी मुस्लिम समुदायका स्थानीयको उपस्थिति थियो। स्थिति नियन्त्रणमा लिन १२० प्रहरी  खटिएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेपछी स्थिति…
Read More